तीनकुने घटनामा पक्राउ परेका थप १० जना हाजिर जमानीमा रिहा
काठमाडौँ । काठमाडौँको तीनकुनेमा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका थप १० जनालाई रिहा गरिएको छ ।
भाटभटेनीमा लुटपाट गर्ने सहित थप १० जनालाई हाजिर जमानीमा छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले रातोपाटीलाई बताए ।
यसअघि राप्रपाका महामन्त्री धवल शमशेर जबरा सहित ११ जना छुटेका थिए ।
रिहा भएकाहरू चैत १५ मा दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागी संयुक्त जनआन्दोलन समिति’ले गरेको प्रदर्शनमा सहभागी थिए ।
रिहा हुनेमा चित्रमाया बसेल, सस्मिता बराल, देव बहादुर थापा मगर, राज ठाकुर, प्रसिद्ध मल्ल, नविन ढकाल, आलोक पराजुली, वरुण यादव, रञ्जित बस्नेत, डा। धवल शमशेर जबरा, ईरफान खान, गणेश बहादुर गुरुङ, विवेक खनाल, उपेन्द्र शाह, शरुन थापा, गणेश प्याकुरेल, स्टन लामा, एलिसा राई, भविन्द बिसी, आशिक कुमार महतो र गोविन्द राय छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण