प्रभु साहको प्रश्नः नेपालमा लोकतन्त्र छ कि दलतन्त्र ?
काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले एमालेले लोकतन्त्र दिवस मनाउन लागेको देख्दा आश्चर्य लागेको टिप्पणी गरेका छन् ।
पूर्वमन्त्री साहले एमालेले बिहीबार लोकतन्त्र दिवसको अवसरमा आयोजना गर्ने ‘यूथ सेलिब्रेसन’ कार्यक्रम लक्षित यस्तो टिप्पणी गरेका हुन् ।
एमालेको युवा प्रदर्शनको अघिल्लो दिन पूर्वमन्त्री साहले फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै १० वर्षको अभ्यासले नेपालमा लोकतन्त्र नभएर लुटतन्त्र भएको कुरा पुष्टि भैसकेको दाबी गरे । नेताहरूले आफ्नो लुटतन्त्रलाई लोकतन्त्रको हौवा पिटिरहँदा लाजपनि लज्जित भएको साहको भनाइ छ ।
उनले भनेका छन्, ‘आज १० वर्षको अभ्यासले ‘नेपालमा लोकतन्त्र छ कि दलतन्त्र ?’ भन्ने विषय घामझैँ छर्लङ्ग भइसक्दापनि निर्लज्जहरूले आफ्नो लुटतन्त्रलाई लोकतन्त्रको हौवा पिटिरहँदा लाजपनि लज्जित भएको छ ।’
उनले लोकतन्त्र दिवसको अवसरमा सबैले दलतन्त्रविरुद्धको संघर्ष गर्न एकताबद्ध हुनुपर्नेमा पनि जोड दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण