प्रभु साहको प्रश्नः नेपालमा लोकतन्त्र छ कि दलतन्त्र ?

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले एमालेले लोकतन्त्र दिवस मनाउन लागेको देख्दा आश्चर्य लागेको टिप्पणी गरेका छन् ।
पूर्वमन्त्री साहले एमालेले बिहीबार लोकतन्त्र दिवसको अवसरमा आयोजना गर्ने ‘यूथ सेलिब्रेसन’ कार्यक्रम लक्षित यस्तो टिप्पणी गरेका हुन् ।
एमालेको युवा प्रदर्शनको अघिल्लो दिन पूर्वमन्त्री साहले फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै १० वर्षको अभ्यासले नेपालमा लोकतन्त्र नभएर लुटतन्त्र भएको कुरा पुष्टि भैसकेको दाबी गरे । नेताहरूले आफ्नो लुटतन्त्रलाई लोकतन्त्रको हौवा पिटिरहँदा लाजपनि लज्जित भएको साहको भनाइ छ ।
उनले भनेका छन्, ‘आज १० वर्षको अभ्यासले ‘नेपालमा लोकतन्त्र छ कि दलतन्त्र ?’ भन्ने विषय घामझैँ छर्लङ्ग भइसक्दापनि निर्लज्जहरूले आफ्नो लुटतन्त्रलाई लोकतन्त्रको हौवा पिटिरहँदा लाजपनि लज्जित भएको छ ।’
उनले लोकतन्त्र दिवसको अवसरमा सबैले दलतन्त्रविरुद्धको संघर्ष गर्न एकताबद्ध हुनुपर्नेमा पनि जोड दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैचारिक रूपमा स्पष्ट वैकल्पिक पार्टी अहिलेको आवश्यकता : मानुषी यमी भट्टराई
-
१० बजे १० समाचार : सकसमा गृहमन्त्री, मधेसमा कांग्रेसको आँखा
-
हजुरबुबा ज्ञानेन्द्रसँगै किन नारायणहिटी पुगे हृदयेन्द्र शाह ?
-
तीनै तहको अदालतबाट मुद्दा जिते पनि घरमा बस्न नपाएपछि गुहारे गृहमन्त्री
-
श्रेयस र स्टोइनिसको विस्फोटक ब्याटिङ, दिल्लीसामु २ सय ७ रनको लक्ष्य
-
एमालेका सबै जिल्ला कमिटीको अधिवेशन सम्पन्न