रौतहटमा एकै दिनमा १५ जना फरार प्रतिवादी पक्राउ
रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरूले एकै दिनमा १५ जना प्रतिवादीलाई पक्राउ गरेको छ। फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत बुधवार प्रहरीले १५ जनालाई जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।
जिल्ला अदालत रौतहटबाट दोषी ठहर भई दण्ड सजाय तोकिएर फरार रहेका उनीहरूलाई फैसला कार्यान्वयन अन्तर्गत पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताए । पक्राउ पर्नेमा कुटपिट मुद्दाका विकास कुमार साह कलवार, मुन्ना भन्ने सरोज साह कलवार, शोभा देवी, लालवति देवी, नागरिकता मुद्दामा गेनालाल साह, किर्ते जालसाजी मुद्दामा असर्फी प्रसाद साह, सरस्वती देवी, बन पैदावार हानी नोक्सानी मुद्दामा सिताराम राय रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन्।
त्यसैगरी अन्य पक्राउ पर्नेहरूमा बहुविवाह मुद्दाका गणेश खड्का, जालसाजी मुद्दामा रामकिशोर मुखिया, बन मुद्दामा कृष्ण कुमार साह, अभद्र व्यवहार मुद्दाका उमाकान्त राय यादव, देव कुमारी यादवनी, धिरज पटेल, रिना देवी लगायत रहेको प्रवक्ता रायले जानकारी दिएका छन् ।
पक्राउ प्रतिवादीहरूबाट कुल ५ वर्ष,५ महिना १५ दिन कैद र १ लाख २० हजार,२९३ रुपैयाँ जरिवाना असुलका लागी बुधवार जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको जिल्ला प्रहरी रौतहटको सूचनामा उल्लेख गरिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटले सञ्चालन गरेको फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत यस आर्थिक वर्षमा हालसम्म १ हजार भन्दा बढी मानिस पक्राउ गरिएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
-
आयोजना निर्देशकलाई प्रश्न : सुकुमबासीलाई होल्डिङ सेन्टर छोड्न ५ दिने अल्टिमेटम किन दिएको ?
-
‘प्रदेश मन्त्री निवासमा छापा मार्ने प्रहरीमाथि कारबाही प्रक्रिया सुरु’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण