एमाले मकवानपुरका अध्यक्ष पोखरेल घाइते
शनिबार, १३ वैशाख २०८२, ११ : १३
हेटौँडा । एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल सवारी दुर्घटनामा परेर घाइते भएका छन् । आफैँले चलाएको स्कुटर दुर्घटनामा परेर अध्यक्ष पोखरेल गम्भीर घाइते भएका हुन् ।
हेटौँडा उपमहानगरपालिका–५ स्थित पुष्पलाल पार्क अगाडि उनले चलाएको स्कुटर अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
शनिबार बिहान ८ बजेको समयमा आफैँले चलाएको बागमती प्रदेश ०३–००१ प ५८०७ नम्बरको स्कुटर ब्रेकफेल भएर अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी र्काालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक डीएसपी श्यामु अर्यालले जानकारी दिए ।
उनका अनुसार अध्यक्ष पोखरेललाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ । अध्यक्ष पोखरेलको टाउको, निधार तथा दायाँ हातमा चोट लागेको र आइसीयूमा राखेर उपचार भइरहेको प्रवक्ता अर्यालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सानोभेरी नदीमा अस्पतालका सुरक्षा गार्ड मृत फेला
-
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
-
५ हजार शुल्क महँगो भएको प्रतिनिधिको गुनासो, तर भन्छन्, ‘भ्रष्टाचार रोक्न आफैँ खर्च गर्छौं’
-
लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण