सरकारलाई असफल बनाएर पठाउने छुट कसैलाई छैन : साउद

काठमाडौँ । नेपाली कांग्रेसका नेता एनपी साउदले ठुला दुई दलको संयुक्त सरकारलाई असफल बनाएर पठाउने छुट कसैलाई नभएको बताएका छन् । कांग्रेसको ओखलढुंगा–काठमाडौं उपत्यका सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथि साउदले भने, ‘हामी दुई प्रमुख राजनीतिक पार्टीहरूको सरकार भएको हुनाले असफल बनाएर पठाउँछौँ भन्ने छुट हामीसँग छैन ।’
केन्द्रीय सदस्य साउदले शिक्षक, चिकित्सकहरूको जारी आन्दोलनलाई सरकारले सम्बोधन गर्नुपर्नेमा जोड दिए । अहिले चलिरहेका विभिन्न खालका आन्दोलनहरूले मुलुकको शान्ति, स्थिरता, समृद्धि र व्यवस्था दुश्चक्रमा पर्न सक्ने जोखिम देखिएको उनको भनाइ थियो । ‘त्यसकारण यी सबै कुराका बारेमा पार्टीका साथीहरुले सजग, सचेत भएर बोल्नुपर्ने, रहनुपर्ने आवश्यकता देखिएको छ,’ साउदले भने ।
उनले दुई दल मिलेर सरकार बनिसकेपछि मुलुकले स्थिरता पाउने अपेक्षा गरिए पनि पूरा हुन नसकेको पनि बताए । ‘दुई सबैभन्दा ठुला पार्टीको सरकार बनिसकेपछि अस्थिरता समाप्त होला भनेर अपेक्षा गरिएको थियो,’ साउदले भने, ‘सरकार गठन भइसकेपछि पनि अस्थिरताको चक्र रोकिएको छैन ।’
पूर्वपरराष्ट्रमन्त्री साउदले पार्टीका नेताहरू सबैले आफ्नो जिम्मेवारी पूरा गर्नेतर्फ केन्द्रित हुनुपर्ने पनि बताए । आफूले पाएको जिम्मेवारी पूरा गरे आगामी महाधिवेशनले थप र नयाँ जिम्मेवारी पाउन कुनै समस्या नहुने उनको आशय थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा
-
प्रदेशको बेरुजू एक वर्षमै थपियो ७६ करोड ५४ लाख
-
कोशीका दुई मन्त्रालयको ‘बेरुजु फर्छ्यौट अभियान’
-
‘सगरमाथा संवाद’ को तयारी पूरा, शुक्रबार उद्घाटन हुने