कर्णाली राष्ट्रिय मुक्ति मोर्चा पुनर्गठित, चरणबद्ध कार्यक्रमको घोषणा
सुर्खेत । कर्णाली राष्ट्रिय मुक्ति मोर्चा पुनर्गठित गरिएको छ । तत्कालीन माओवादी सशस्त्र युद्धका समयमा (०५७) गठित भेरी–कर्णाली राष्ट्रिय मुक्ति मोर्चा शान्ति प्रक्रियासँगै निष्क्रिय बनेको थियो । अहिले गणेश भण्डारीको संयोजकत्वमा २३ सदस्यीय मोर्चा पुनर्गठित गरिएको हो ।
माओवादी केन्द्रले जनतामा फर्किने संकल्प गरेपछि पुसमा बसेको केन्द्रीय बैठकले जातीय र क्षेत्रीय मोर्चा ब्युँताउने निर्णय गरेको थियो । सोही अनुसार कर्णाली राष्ट्रिय मुक्ति मोर्चालाई पनि पुनर्गठित गरिएको संयोजक गणेश भण्डारीले बताए । मोर्चाको प्रदेश इन्चार्ज भने माओवादी नेता नरेश भण्डारी छन् ।
यस्तै, ‘कर्णालीका उत्पीडित, उपेक्षित, भक्तिकामी जनता एक होऔँ’ भन्ने मूल नारा तयार गरेको पुनर्गठित मोर्चाले चरणबद्ध कार्यक्रमहरूको घोषणा गरेको छ ।
जस अन्तर्गत आगामी जेठ १ गते प्रदेशका १० वटै जिल्लामा एक साथ भेला सम्पन्न गर्ने, ५ गते राजधानी सुर्खेतमा विशाल अन्तरक्रिया कार्यक्रम गर्ने र आगामी जेठ २० गते सम्पूर्ण पालिकाहरूमा भेलाहरू सम्पन्न गरिने संयोजक गणेश भण्डारीले बताए ।
‘विकृति, विसङ्गति, भ्रष्टाचारका विरुद्ध तथा जनजीविका, विकास निर्माण लगायतका जनसरोकारका विषयमा संघर्षका कार्यक्रमहरू पनि गरिने छ,’ उनले भने, ‘आगामी भाद्र १५ गतेबाट कर्णाली मुक्ति मोर्चा प्रारम्भ गरिने छ ।’
यस्तै मोर्चाको केन्द्रीय कार्यालय वीरेन्द्रनगरमा र विशेष कार्यालय जुम्लाको सिञ्जामा राखिने छ ।
मोर्चाका प्रदेश इन्चार्ज नरेश भण्डारीले कर्णाली युगको सूर्योदय कर्णालीबाट नै सुरु गर्नुपर्ने बताए । ‘गहिरा तालजस्तै कर्णालीका पीडाहरू पनि छन्, त्यसलाई मुक्त गर्न हामीले संघर्ष गर्ने छौँ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
-
ट्रम्पको घोषणापछि विश्वभरका बजारमा हरियाली : एसिया-प्रशान्त क्षेत्रका सेयर बजारमा उछाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण