वैशाखमै दुई ठुला प्रतियोगिता आयोजना गर्दै नेपाल हक्की संघ
काठमाडौँ । नेपाल हक्की संघले वैशाखमा दुईवटा ठुला प्रतियोगिता आयोजना गर्ने भएको छ । संघले दुवै प्रतियोगिता आफ्नो वार्षिक कार्यक्रम अनुसार आयोजना गर्न लागेको हो ।
वैशाख १७ देखि २६ गतेसम्म ‘राष्ट्रिय पुरुष हक्की प्रतियोगिता’ र वैशाख १८ देखि २६ गतेसम्म ‘राष्ट्रिय महिला हक्की प्रतियोगिता’ आयोजना गर्न लागिएको जानकारी आइतबार आयोजित पत्रकार सम्मेलनमा संघकी महासचिव सुवर्ण श्रेष्ठले दिइन् ।
ललितपुरको च्यासल फुटबल मैदानमा हुने राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा आठ र राष्ट्रिय महिला हक्की प्रतियोगितामा चारवटा टोलीको सहभागिता रहनेछ । पुरुषतर्फ सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा प्रतियोगिता सञ्चालन गरिने बताइएको छ ।
पुरुषतर्फ मधेश प्रदेश, कर्णाली प्रदेश, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, कोशी प्रदेश, बागमती प्रदेश, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब सहभागी हुनेछन् । एपीएफ हक्कीमा नयाँ टोली हो ।
यसैगरी, महिलातर्फ त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका टोलीले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् । राउन्ड रोविन लिगपछि शीर्ष दुई टोली प्रतियोगिताको फाइनलमा पुग्नेछन् ।
पुरुष र महिला दुवैतर्फ शीर्ष तीन स्थान हासिल गर्ने टोलीले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । दुवै विधागत उत्कृष्ट खेलाडीलाई पनि जनही पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रत्येक खेलको प्लेयर अफ दि म्याचलाई दुई हजार रुपैयाँ प्रदान गरिनेछ । राष्ट्रिय पुरुष हक्की प्रतियोगिता सञ्चालन गर्न करिब ३५ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ । राष्ट्रिय महिला हक्की प्रतियोगिता सञ्चालन गर्न करिब २५ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ ।
आफूहरुले वार्षिक खेलतालिका नै तयार पारेर कार्यक्रमहरू सञ्चालन गरिरहेको पनि महासचिव श्रेष्ठले जनाएकी छन् । हक्कीको पूर्वाधार नभएकाले पूर्वाधार निर्माणका लागि धुलिखेलमा जग्गासमेत प्राप्त गरिसकेको पनि संघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेल पक्राउविरुद्ध एमालेले संसद्मा सशक्त प्रतिवाद गर्ने
-
इजलासमा वरिष्ठ अधिवक्ता काेइरालाकाे प्रश्न : व्यक्तिगत अधिकारमाथि धावा बोल्न मिल्छ ?
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण