सप्तरीमा बस दुर्घटना, ३ जनाको मृत्यु
आइतबार, १४ वैशाख २०८२, १६ : ३७

काठमाडौँ । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर–१० स्थित बदगामा बस दुर्घटना भएको छ ।
आइतबार उदयपुरबाट विराटनगर जाँदै गरेको प्रदेश–१–०१–००१ ख ३४२० नम्बरको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले रातोपाटीलाई बताए ।
मृत्यु हुनेमा सप्तरीको कोशी नगरपालिका–१ बस्ने ७५ वर्षीय रत्न बहादुर मगराती सहित ३ जना छन् । मृतक दुई जनाको पहिचान नखुलेको एसपी खतिवडाले जानकारी दिए ।
दुर्घटनामा परेर २२ जना घाइते भएका छन् । बसमा ३५ जना सवार थिए ।
बस चालक झापाको मेचीनगर नगरपालिका–७ घर भएका ४७ वर्षीय अमृत दर्जीलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे इलाका प्रहरी कार्यालय कञ्चनपुरले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु
-
संसारभर आप्रवासी श्रमिकहरूमाथि भइरहेको शोषण
-
प्रधानमन्त्री ओली, देउवा, प्रचण्डबिच भेटघाट हुँदै
-
कुनै पनि आयोजना रुग्ण हुन नदिन मन्त्री दाहालको आग्रह
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा ४ जना पक्राउ
-
गल्ती भएका कुरामा सुध्रिन तयार छौँ : उपसभापति खड्का