सप्तरीमा बस दुर्घटना, ३ जनाको मृत्यु
आइतबार, १४ वैशाख २०८२, १६ : ३७
काठमाडौँ । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर–१० स्थित बदगामा बस दुर्घटना भएको छ ।
आइतबार उदयपुरबाट विराटनगर जाँदै गरेको प्रदेश–१–०१–००१ ख ३४२० नम्बरको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले रातोपाटीलाई बताए ।
मृत्यु हुनेमा सप्तरीको कोशी नगरपालिका–१ बस्ने ७५ वर्षीय रत्न बहादुर मगराती सहित ३ जना छन् । मृतक दुई जनाको पहिचान नखुलेको एसपी खतिवडाले जानकारी दिए ।
दुर्घटनामा परेर २२ जना घाइते भएका छन् । बसमा ३५ जना सवार थिए ।
बस चालक झापाको मेचीनगर नगरपालिका–७ घर भएका ४७ वर्षीय अमृत दर्जीलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे इलाका प्रहरी कार्यालय कञ्चनपुरले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
-
आयोजना निर्देशकलाई प्रश्न : सुकुमबासीलाई होल्डिङ सेन्टर छोड्न ५ दिने अल्टिमेटम किन दिएको ?
-
‘प्रदेश मन्त्री निवासमा छापा मार्ने प्रहरीमाथि कारबाही प्रक्रिया सुरु’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण