बालाजुमा महिलाले पेट्रोल छर्केर आफ्नै शरीरमा लगाइन् आगो
मङ्गलबार, १६ वैशाख २०८२, १० : १०

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ स्थित बालाजुमा एकजना महिलाले आफैँलाई आगो लगाएकी छन् ।
सुकुम्वासी जागृत टोलमा बस्ने ४५ वर्षीय बिना श्रेष्ठले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
श्रीमानसँग विवाद भएपछि उनले आगो लगाएको थाहा भएको छ । गएराति पौने १० बजेतिर शरीरमा आगो लगाएपछि परिवारको सदस्यहरूले उनलाई नयाँ बजार स्थित पिपल्स अस्पताल लगेका थिए ।
चिकित्सकका अनुसार उनको पेट, छाती र बायाँ हातमा करिब २५ प्रतिशत जलन भएको छ । घटनाबारे प्रहरी वृत्त बालाजुले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोहलीको रेकर्ड, सेफर्डको विस्फोटक ब्याटिङ : चेन्नईसामु विशाल लक्ष्य
-
नीति तथा कार्यक्रम प्रगतिशील, व्यावहारिक र जनमुखी भएको एमालेको निष्कर्ष
-
नागढुङ्गा–नौबिसे सडकखण्ड राति बन्द हुने
-
सर्लाहीमा हतियारसहित युवक पक्राउ
-
बीमा प्राधिकरणको वार्षिकोत्सवमा आयोजित फुटसल प्रतियोगितामा सानिमा जीआइसी विजेता
-
लेबर पार्टीले जित्यो अस्ट्रेलियाको चुनाव