बीमा प्राधिकरणको वार्षिकोत्सवमा आयोजित फुटसल प्रतियोगितामा सानिमा जीआइसी विजेता
विराटनगर । नेपाल बीमा प्राधिकरणको ५७ औँ वार्षिकोत्सवको उपलक्ष्यमा कोशी प्रदेशमा आयोजित अन्तर बीमक फुटसल प्रतियोगितामा सानिमा जीआइसी बीमक विजेता बन्न सफल भएको छ। अत्यन्त रोमाञ्चक फाइनल खेलमा सानिमा जीआइसीले अन्तिम दुई मिनेट बाँकी रहँदा दुई गोल गरी सगरमाथा लुम्बिनी (सलिको) बीमकलाई पराजित गर्न सफल भयो।
प्रतियोगितामा कुल १६ बीमकहरूको सहभागिता रहेको थियो, जसमध्ये ९ जीवन बीमक, ६ निर्जीवन बीमक र १ लघु बीमक सम्मिलित थिए। सेमिफाइनलमा सिटिजन लाइफ, आइएमई लाइफ, सानिमा जीआइसी र सगरमाथा लुम्बिनी बीमक पुगेका थिए।
उल्लेखनीय रूपमा, फाइनलमा पुग्ने दुवै टिम निर्जीवन बीमक क्षेत्रबाट रहेका थिए । यद्यपि सानिमा जीआइसी विजेता बन्यो, प्रतियोगिताको सर्वाधिक गोलकर्ताको उपाधि भने सलिको बीमकका खेलाडीले हात पारे।
समापन समारोहमा नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयका प्रमुख बिनोदकुमार पोखरेलले विजेता तथा उपविजेता टिमलाई प्रमाणपत्र र शिल्ड प्रदान गरे। उनले यस्ता प्रतियोगिताहरूले कर्मचारीहरूको शारीरिक तथा मानसिक स्वास्थ्य कायम राख्न सहयोग पुर्याउने र गुणस्तरीय बीमा सेवा प्रवाहमा टेवा पुग्ने बताए।
प्राधिकरणको वार्षिकोत्सवको अवसरमा अन्य कार्यक्रमहरू पनि आयोजना गरिएको छ। वैशाख ३१ गते रक्तदान कार्यक्रम र जेठ १ गते प्रभातफेरी कार्यक्रम समेत हुने जानकारी दिइएको छ।
NIPS कोशीका पदाधिकारी, बीमकका प्रदेश प्रमुख लगायत बीमा कम्पनीका कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको उक्त प्रतियोगितामा बीमा क्षेत्रमा कार्यरत कर्मचारीहरूबीच सौहार्दपूर्ण वातावरण निर्माण भएको देखिन्थ्यो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण