लेबर पार्टीले जित्यो अस्ट्रेलियाको चुनाव
सिड्नी । वर्तमान अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानीजले दोस्रो पटक आम चुनाव जितेका छन्। अस्ट्रेलियाका स्थानीय सञ्चारमाध्यमका अनुसार एन्थोनी अल्बानीजको लेबर पार्टीले चुनावमा बहुमत हासिल गर्नेछ र कुनै गठबन्धन बिना नै अर्को सरकार बनाउनेछ।
यो चुनाव अस्ट्रेलियाका वर्तमान प्रधानमन्त्री एन्थोनी अल्बानीज र विपक्षी नेता पिटर डटनबिचको प्रतिस्पर्धा हुने अपेक्षा गरिएको थियो। तर लिबरल-नेसनल गठबन्धनका डटनले ब्रिस्बेनको डिक्सनको आफ्नो सिट लेबरका अलि फ्रान्ससँग हारे। डटनले हार स्वीकार गर्दै अल्बानीजलाई बधाई दिन फोन गरेको बताए।
आफ्नो विजयपछि अल्बानीजले भने, ‘अस्ट्रेलियालीहरू, तपाईँको प्रधानमन्त्रीको रूपमा सेवा गर्नु मेरो जीवनको सबैभन्दा ठुलो सम्मान हो। आज अस्ट्रेलियालीहरूले अस्ट्रेलियाली मूल्यमान्यता, निष्पक्षता, आकांक्षा र अवसरको पक्षमा मतदान गरेका छन् ।’ उनले भोलि नै काममा फर्कने बताए।
एन्थोनी अल्बानीज लेबर पार्टीका हुन् र सन् २०२२ देखि अस्ट्रेलियाको प्रधानमन्त्री छन्। उनी लगभग ३० वर्षदेखि सांसद छन्। सत्तामा आएपछि एन्थोनी अल्बानीजले निकै लोकप्रियता हासिल गरे । तर हालसालै आवास, आदिवासी मामिला, यहूदी विरोधी र इस्लामोफोबिया जस्ता मुद्दाहरूमा दबाबको सामना गर्नु परेको छ।
अस्ट्रेलियामा मानिसहरूले प्रत्यक्ष रूपमा प्रधानमन्त्रीको निर्वाचन गर्दैनन्। उनीहरूले सांसदहरूलाई मतदान गर्छन् र सबैभन्दा बढी सिट पाउने दलको नेता प्रधानमन्त्री बन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण