सर्लाहीमा हतियारसहित युवक पक्राउ
शनिबार, २० वैशाख २०८२, २१ : १४
सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका–२ मा हतियार सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी नारायणपुरबाट प्रहरी नायब निरीक्षक किशोरी यादवको नेतृत्वमा टोली खटिएको टोलीले शनिबार साँझ रबि होटल नजिकबाट दीपक साहलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार साहको साथबाट एक थान सानो कटुवा पेस्तोल र सोही हतियारको एक थान गोली बरामद गरिएको छ । उनी पर्सा गाउँपालिका–२ निवासी २३ वर्षीय राजदेव साहका छोरा हुन् ।
पक्राउ परेका साहलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको छ । पक्राउ गरिएको स्थान नारायणपुर प्रहरी चौकीदेखि करिब ३.५ किलोमिटर उत्तर–पूर्वतर्फ पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
-
सरकारसँग अध्यक्ष बानियाँकाे आग्रह : बीमा व्यवस्था र ट्राफिक जरिवानाको पुनरवलोकन गरियोस्
-
देउवा समूहले बीपी स्मृति दिवसमा छुट्टै कार्यक्रम गर्ने
-
स्पेनको सफलताको रहस्य : दे ला फुएन्तेको ‘मानवीय दर्शन’ र लामिन यामालको जादु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण