मे दिवसको अवसरमा राजधानीमा र्याली, तस्बिरमा हेर्नुहोस्
काठमाडौँ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को आयोजनामा १३६ औँ मे दिवस (अन्तर्राष्ट्रिय श्रमिक दिवस) २०८२ को अवसरमा र्याली प्रदर्शन गरिएको छ । बिहीबार भृकुटीमण्डपबाट निस्किएको र्याली सुन्धारा, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपमा आएर सभामा परिणत हुनेछ ।
_h4aXJhnr4P.jpg)
श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । विश्वभरका मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हक अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले यो दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन् ।
_HnJCtrvFBS.jpg)
सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा हरेक वर्ष यसै दिन यो दिवस मनाइँदै आइएको छ ।
नेपालमा पनि विराटनगरमा वि.सं. २००३ मा भएको श्रमिक आन्दोलनको सफलता र वि.सं. २००७ को परिवर्तनसँगै यो दिवस मनाइन थालिएको हो । वि.सं. २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा श्रमिक दिवसमा सार्वजनिक बिदासमेत दिन थालिएको छ ।
_mMql1KyLrf.jpg)
_uDWRK3Q1KW.jpg)
_KcLCqZoRj5.jpg)
_HBaXMyuUUZ.jpg)
_t8L0fTDkjq.jpg)
_aDtAgD8blv.jpg)
_aYgxIF1O8V.jpg)
_jlsvaqqxup.jpg)
_txh1EJGfDw.jpg)
_KuaxE9r9jS.jpg)
_PIWchLxVAR.jpg)
_tXjYBWewGh.jpg)
_FQ09wnLpNU.jpg)
_L041hsIeLr.jpg)
_TT4HFw3O41.jpg)
_hn2sJJ6CXn.jpg)
_A2kiDeZZK6.jpg)
_6rt3XHJ48r.jpg)
_6IztqkH9TQ.jpg)
_p4clHrwcKB.jpg)
_u0fGq1Q2Rl.jpg)
_LGsp5nGVC0.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण