शिक्षक–सरकार सहमतिप्रति असन्तुष्टि
शिक्षक र सरकारबिचको सहमतिबारे जानकारी दिन आयोजित कार्यक्रममा असन्तुष्ट कर्मचारीको होहल्ला
बिहीबार, १८ वैशाख २०८२, १४ : २२
काठमाडौँ । सरकार र शिक्षक महासङ्घबिच भएको नौ बुँदे सहमतिबारे जानकारी दिन आयोजित कार्यक्रममा असन्तुष्ट पक्षले होहल्ला गर्दै असन्तुष्टि जनाएको छ । काठमाडौँको रत्नराज्य माध्यामिक विद्यालयमा राखिएको कार्यक्रममा विद्यालय कर्मचारीहरूले सहमतिप्रति असन्तुष्टि जनाउँदै विरोध गरेका हुन् ।

विद्यालय कर्मचारीहरूले आफूहरूको माग मुद्दा समावेश नभएको भन्दै बैठकमा प्रश्न उठाएपछि होहल्ला र विवाद चर्किएको हो । कार्यक्रममा सहभागी एक शिक्षकले भने, ‘अध्यक्षज्यूले बोल्दै गर्दा कर्मचारीहरूले होहल्ला गर्नुभएको हो ।’
उनीहरुले कार्यक्रममा गएका पत्रकारहरूमाथि समेत हातपात गरेका थिए । माग सम्बोधन नहुनेगरी सरकारसँग सहमति गरेको उनीहरूको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
-
भारतको घट्दो प्रजनन दरः कारण र परिणाम
-
आयोगले सम्पत्ति विवरण मागेपछि कागजात मिलाउन नेताहरूको दौडादौड
-
एसियाडका लागि छानिए युवराज
-
शनिबार रत्नपार्क क्षेत्रमा बढ्यो चहलपहल (तस्बिरहरू)
-
हुम्ला–बाजुरा सीमा क्षेत्रको स्वामित्व विवाद : के हो वास्तविकता ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण