शुक्रबार, १९ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
शिक्षक–सरकार सहमतिप्रति असन्तुष्टि

शिक्षक र सरकारबिचको सहमतिबारे जानकारी दिन आयोजित कार्यक्रममा असन्तुष्ट कर्मचारीको होहल्ला

बिहीबार, १८ वैशाख २०८२, १४ : २२
बिहीबार, १८ वैशाख २०८२

काठमाडौँ । सरकार र शिक्षक महासङ्घबिच भएको नौ बुँदे सहमतिबारे जानकारी दिन आयोजित कार्यक्रममा असन्तुष्ट पक्षले होहल्ला गर्दै असन्तुष्टि जनाएको छ ।  काठमाडौँको रत्नराज्य माध्यामिक विद्यालयमा राखिएको कार्यक्रममा विद्यालय कर्मचारीहरूले सहमतिप्रति असन्तुष्टि जनाउँदै विरोध गरेका हुन् । 

teacher

विद्यालय कर्मचारीहरूले आफूहरूको माग मुद्दा समावेश नभएको भन्दै बैठकमा प्रश्न उठाएपछि होहल्ला र विवाद चर्किएको हो ।  कार्यक्रममा सहभागी एक शिक्षकले भने, ‘अध्यक्षज्यूले बोल्दै गर्दा कर्मचारीहरूले होहल्ला गर्नुभएको हो ।’

उनीहरुले कार्यक्रममा गएका पत्रकारहरूमाथि समेत हातपात गरेका थिए । माग सम्बोधन नहुनेगरी सरकारसँग सहमति गरेको उनीहरूको आरोप छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप