बागमती प्रदेशस्तरीय स्पोटर्स अवार्ड जेठमा हुने
हेटौँडा । बागमती प्रदेश सरकारको आयोजनामा हेटौँडामा स्पोटर्स अवार्ड र यूथ समिटको आयोजना हुने भएको छ । प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले आगामी जेठको पहिलो साता उक्त कार्यक्रम आयोजना गर्ने भएको हो ।
युवा तथा खेलाडीहरूको प्रोत्साहन र सम्मानका लागि अवार्ड कार्यक्रम आयोजना गर्ने तयारी गरिएको प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले जानकारी दिए । सङ्घीयता कार्यान्वयनकै चरणमा अघि बढ्ने क्रममा प्रदेशमा पहिलो पटक स्पोटर्स अवार्ड कार्यक्रम आयोजना गर्ने तयारी भएको मन्त्री महर्जनले बताए । उनका अनुसार अन्तर्राष्ट्रिय स्तरमा देशको नाम राख्न सफल खेलाडी तथा युवाहरूलाई कार्यक्रममा पुरस्कृत गर्ने गरी प्रदेश सरकार अघि बढेको छ ।
कार्यक्रम हेटौँडाको हुप्राचौरमा हुन्छ । अवार्ड अन्तर्गत राष्ट्रिय तथा स्थानीय कलाकारहरूको मनोरञ्जनात्मक कार्यक्रम पनि रहने मन्त्री महर्जनले बताए । कार्यक्रमबाट खेलकुदमा लाग्नेहरूलाई प्रेरित गर्न आफूले अपेक्षा राखेको मन्त्री महर्जनको भनाई छ ।
‘युवा खेलाडीको मनोबल उच्च बनाउन प्रतियोगिता आयोजना गरेर मात्रै पुग्दैन । उनीहरूलाई हौसलासँगै प्रोत्साहनमा पनि राज्य कार्यक्रमहरू तय गर्नुपर्छ’ उनले भने– ‘खेल क्षेत्रमा लागेका खेलाडी, प्रशिक्षक, पत्रकार र व्यवस्थापकहरूलाई समय समयमा पुरस्कृत र सम्मान गर्नुपर्छ । यस्ता पुरस्कार तथा सम्मानले नयाँ पुस्तालाई खेल क्षेत्रमा लाग्न प्रेरणा मिल्छ भन्ने अग्रजहरूले सम्मानित महसुस गर्न पाउँछन् ।’
स्पोटर्स अवार्डमा खेलाडी तथा पत्रकार पुरस्कृत गर्न मन्त्रालयले ३ सदस्य छनोट उपसमिति समेत गठन गरेको छ । जसमा संयोजक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठ रहेका छन् भने सदस्यहरूमा तेक्वान्दोका पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक प्रेमबहादुर भण्डारी र खेलकुद पत्रकार प्रकाश तिमल्सिना रहेका छन् ।
उक्त उपसमितिले १० दिनभित्र प्रदेशमा रहेका नयाँ र पुरानो गरी ९ जना प्रतिभावान खेलाडी, खेलकुद क्षेत्रको समाचार सम्प्रेषण गर्ने एक जना खेलकुद पत्रकारको नाम सिफारिस गर्नेछ । उपसमितिको सिफारिसअनुसार मन्त्रालयले खेलाडी र पत्रकारलाई नगद पुरस्कार सहित सम्मान गर्नेछ ।
गत असोजमा मन्त्री महर्जनको अगुवाइमा मुख्यमन्त्री कार्यालय हेटौँडामा पारा ओलम्पिक खेलकुद प्रतियोगितामा कास्य पदक विजेता तेक्वान्दोकी पलेशा गोवर्द्धनलाई नगद १० लाख रुपैयाँ र १९ औँ एसियन गेममा रजत पदक विजेता कराँतेकी एरिका गुरुङ नगद ५ लाख रुपैयाँसहित हेटौँडा बजार परिक्रमा गरी सम्मान गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको अग्नि विद्रोह र गोठालो पुँजीवाद
-
सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त
-
उपाधि दाबेदार फ्रान्स कसरी बन्यो स्पेनविरुद्ध यति निरीह ?
-
प्रतिनिधिसभामा विपक्षी दलहरूले गरे उठेर विरोध
-
उपसभामुखको नेतृत्वमा ५ सदस्यीय संसदीय टोली चीन प्रस्थान
-
ब्राजिलको निरश विश्वकप बहिर्गमनपछि रोनाल्डोको मौनता तोडियो, नेयमारको भविष्यबारे गरे खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण