बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

सुमन र सम्पदा उत्कृष्ट खेलाडी

शुक्रबार, १९ वैशाख २०८२, १३ : ०८
शुक्रबार, १९ वैशाख २०८२

काठमाडौँ । काठमाडौँका सुमन घले र सम्पदा शिवाकोटी तेस्रो बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा उत्कृष्ट खेलाडी घोषित भएका छन् । सुमन पुरुष र सम्पदा महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

नेपाल तेक्वान्दो सङ्घ बागमती प्रदेश र बुढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त रूपमा आयोजित उक्त  प्रतियोगिताको पुरुष ४६–५० केजी तौल समूहमा करण ढोली, ५०–५४ केजीमा सुमन घले, ५४–५८ केजीमा अर्पण लामा, ५८–६३ केजीमा सुझपकुमार यादव र ६३–६८ केजी तौल समूहमा आशिष भुजेलले स्वर्ण पदक जिते ।

गोल्फुटारमा भएको उक्त प्रतियोगिताको महिलातर्फ ४०–४३ केजी तौल समूहमा सम्पदा सिवाकोटी, ४३–४६ केजीमा सुप्रिमा बजगाईं, ४६–४९ केजीमा रोजिना लामा, ४९–५३ केजीमा प्रतिमा भुजेल र ५३–५८ केजी तौल समूहमा मनीषा तामाङ पहिलो भए ।

विजेता खेलाडीलाई बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, सोही नगरपालिकाकाका खेलकुद संयोजक एवं वडा ८ का अध्यक्ष सुमन तामाङ, काठमाडौँ जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी, नेपाल तेक्वान्दो सङ्घ बागमती प्रदेशका अध्यक्ष केशव पुरीलगायतले पुरस्कार वितरण गरे । 

प्रतियोगितामा पुरुष र महिलातर्फ समान पाँच–पाँच गरी कुल १० वटा स्पर्धा समावेश गरिएको थियो । प्रतियोगितामा दुई सय १० जना खेलाडीले प्रतिस्पर्धा गरेको जानकारी तेक्वान्दो प्रशिक्षक रन्जितबहादुर डंगौराले दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप