पाँचौँ भजहर कप फुटबलमा पुलिस क्लब र कर्मचारी ग्रुप विजयी
काठमाडौँ । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर–८ लोहरपुरमा जारी ‘निसर्ग हस्पिटल भजहर कप फुटबल प्रतियोगिता’ को दोस्रो दिन शुक्रबार भएको खेलमा नेपाल पुलिस क्लब धनगढी र कर्मचारी ग्रुप विजयी भएका छन् ।
भजहर पर्वको अवसरमा हरेक वर्ष आयोजना हुँदै आएको प्रतियोगिताको यो पाचौँ संस्करण हो । शुक्रबारको पहिलो खेलमा नेपाल पुलिस क्लब धनगढी र दोस्रो खेलमा कर्मचारी ग्रुप धनगढी विजयी भएका हुन् । विजयी दुबै टोली प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
श्री युवा जनहित क्लबद्वारा आयोजित उक्त प्रतियोगितामा नेपाल पुलिस क्लब धनगढीले जाखौर बाबा युवा क्लब मनेहरालाई ३–१ गोलले हराएको हो । कर्मचारी ग्रुप धनगढीले पनि भूमी युवा क्लब बनकट्टालाई ३–१ गोलले हरायो ।
वैशाख २४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ दि म्याचले पनि एक हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको समाप्तिपछि विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार प्रदान गरिने आयोजक क्लबका अध्यक्ष मणिराम चौधरीले जानकारी दिए । प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ ।
थारु समुदायको पर्व भजहरलाई नयाँ पुस्तामा संरक्षण गर्दै अगाडी बढाउने उद्देश्यले प्रतियोगितामा आयोजना गरिएको पनि आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेती नदीमा महिलाको शव फेला
-
कृषि मन्त्रालयको १०० दिने प्रगति: कार्बन व्यापारदेखि किसानको भुक्तानीसम्म
-
विश्वकपमा अर्जेन्टिनालाई विशेष सुविधा दिइँदैछ ? आरोपका पछाडि यस्ता छन् कारण
-
सुकुमबासीलाई ५ दिनभित्र हटाउने अल्टिमेटम तत्काल फिर्ता लिन सांसद हरिनादेवीको माग
-
प्रतिनिधिसभा नियमावली विपक्षीका लागि मात्रै हो कि सत्तापक्षका लागि पनि ?
-
सरकारलाई सांसदको प्रश्न : सुकुमबासी जनता हुन् कि होइनन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण