बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

आरभ र अभिलाषाको जोडी च्याम्पियन

शुक्रबार, १९ वैशाख २०८२, १५ : ४८
शुक्रबार, १९ वैशाख २०८२

काठमाडौँ । आरभ सम्राट हाडा र अभिलाषा विष्टको जोडीले ११औँ सिटिजन्स बैंक टेनिस प्रतियोगिताको मिक्स डबल्सतर्फको उपाधि शुक्रबार जितेका छन् । सिटिजन्स बैँकको मुख्य प्रायोजन तथा काठमाडौँ जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा आरभ र अभिलाषाको जोडीले सक्षमविक्रम शाह र नाला मास्केको जोडीलाई ६–४, ६–३ अंकको सोझो सेटमा हराएको हो । 

भेट्रान (३५ वर्षमाथि) पुरुष सिंगल्स स्पर्धामा जितेन्द्र परियार पहिलो भए । उनले फाइनलमा सन्तोष खत्रीलाई २–६, ६–१, १०–५ अंकले हराए । ३५ वर्षमाथि पुरुष डबल्स स्पर्धामा जितेन्द्र परियारले ईमल दीक्षितसँग मिलेर अर्को स्वर्ण पदक हात पारे । 

उक्त जोडीले फाइनलमा खन्तोष खत्री र छेवाङ लामाको जोडीलाई ६–३, ६–४ अंकको सोझो सेटमा पाखा लगाएको थियो । भेट्रान (५५ वर्षमाथि) पुरुष सिंगल्स स्धर्पामा चन्द्र शाही पहिलो भए । उनले फाइनलमा विमलकुमार गुरुङलाई ६–४, ७–५ अंकले हराए । 

यसैगरी भेट्रान (४५ वर्षमाथि) पुरुष सिंगल्स स्पर्धामा कमलबहादुर भण्डारीले बाजी मारे । उनले फाइनलमा रोहित सुनुवारलाई ६–१, ६–४ अंकले निराश पारे । भेट्रान (६५ वर्षमाथि) पुरुष डबल्स स्पर्धामा मनोज राणा र धीर गुरुङको जोडी पहिलो भयो । 

उक्त जोडीले फाइनलमा विदुर विष्ट र भिक्टर राणको जोडीलाई ७–६, ७–५ अंकले हरायो । ५५ वर्षमाथिको पुरुष डबल्स स्पर्धाको फाइनलमा डेगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडीले विमलकुमार गुरुङ र हिमाल शाहको जोडीलाई ६–१, ६–३ अंकले हराउँदै स्वर्ण जित्यो ।

अब प्रतियोगितमा दुईवटा स्पर्धाको फाइनल खेल हुन बाँकी छ । प्रतियोगिताको अन्तिम दिन शनिबार पुरुष सिंगल्स स्पर्धाको फाइनलमा निसान श्रेष्ठ र आरभसम्राट हाडा तथा महिला सिंगल्स स्पर्धाको फाइनलमा अभिलाषा विष्ट र स्वस्तिका विष्ट भिड्ने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप