राष्ट्रिय महिला गोल्डकप : पुलिस र रौतहट भिड्ने
मकवानपुर । मकवानपुर महिला गोल्डकपमा आज नेपाल पुलिस क्लबको महिला टोली र रौतहट जिल्ला महिला टिमबिच खेल हुने छ ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजना वैशाख १९ गतेबाट जारी सहिद स्मृति स्थानीय तह मकवानपुर राष्ट्रिय महिला गोल्डकप प्रतियोगिता अन्तर्गत आइतबार नेपाल पुलिस क्लब र रौतहट जिल्ला महिला टिमबिच खेल हुने भएको हो ।
खेल दिउँसो ४ बजे हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ स्थित गौरिटार रङ्गशालामा हुने आयोजक मकवानपुर जिल्ला फुटबल सङ्घले जनाएको छ । प्रतियोगिता अन्तर्गत शनिवारको खेलमा जित निकाल्दै संकटा फुटबल क्लब गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
एकपक्षीय खेलमा संकटाले सिमरालाई ६–१ गोल अन्तरले हराएको हो । संकटाका लागि ममता पुनले ह्याट्रिक सहित ५ गोल गरिन् भने जेनिफर राना मगरले थप १ गोल गरिन् । यस्तै नवजनजागृतिका लागि रोजिना लामाले ७९ औँ मिनेटमा एक सान्त्वना गोल फर्काइन् । खेलमा ५ गोल गरेकी संकटाकी ममता नै प्लेयर अफ द म्याच घोषित भइन् । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरिन् ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख नगदसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् भने सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्टलाई समेत नगदसहित ट्रफीको व्यवस्था गरिएको छ । हरेक खेलको म्यान अफ द म्याचले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेती नदीमा महिलाको शव फेला
-
कृषि मन्त्रालयको १०० दिने प्रगति: कार्बन व्यापारदेखि किसानको भुक्तानीसम्म
-
विश्वकपमा अर्जेन्टिनालाई विशेष सुविधा दिइँदैछ ? आरोपका पछाडि यस्ता छन् कारण
-
सुकुमबासीलाई ५ दिनभित्र हटाउने अल्टिमेटम तत्काल फिर्ता लिन सांसद हरिनादेवीको माग
-
प्रतिनिधिसभा नियमावली विपक्षीका लागि मात्रै हो कि सत्तापक्षका लागि पनि ?
-
सरकारलाई सांसदको प्रश्न : सुकुमबासी जनता हुन् कि होइनन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण