शुक्रबार, २६ वैशाख २०८२
ताजा लोकप्रिय

राष्ट्रिय महिला गोल्डकप : पुलिस र रौतहट भिड्ने

आइतबार, २१ वैशाख २०८२, ०९ : १८
आइतबार, २१ वैशाख २०८२

मकवानपुर । मकवानपुर महिला गोल्डकपमा आज नेपाल पुलिस क्लबको महिला टोली र रौतहट जिल्ला महिला टिमबिच खेल हुने छ ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजना वैशाख १९ गतेबाट जारी सहिद स्मृति स्थानीय तह मकवानपुर राष्ट्रिय महिला गोल्डकप प्रतियोगिता अन्तर्गत आइतबार नेपाल पुलिस क्लब र रौतहट जिल्ला महिला टिमबिच खेल हुने भएको हो । 

खेल दिउँसो ४ बजे हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ स्थित गौरिटार रङ्गशालामा हुने आयोजक मकवानपुर जिल्ला फुटबल सङ्घले जनाएको छ । प्रतियोगिता अन्तर्गत शनिवारको खेलमा जित निकाल्दै संकटा फुटबल क्लब गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

एकपक्षीय खेलमा संकटाले सिमरालाई ६–१ गोल अन्तरले हराएको हो । संकटाका लागि ममता पुनले ह्याट्रिक सहित ५ गोल गरिन् भने जेनिफर राना मगरले थप १ गोल गरिन् । यस्तै नवजनजागृतिका लागि रोजिना लामाले ७९ औँ मिनेटमा एक सान्त्वना गोल फर्काइन् । खेलमा ५ गोल गरेकी संकटाकी ममता नै प्लेयर अफ द म्याच घोषित भइन् । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरिन् । 

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख नगदसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् भने सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्टलाई समेत नगदसहित ट्रफीको व्यवस्था गरिएको छ । हरेक खेलको म्यान अफ द म्याचले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप