गोल्डकोस्ट ओपन तेक्वान्दोमा नेपालका अदिशले जिते स्वर्ण
आइतबार, २१ वैशाख २०८२, १४ : २५
काठमाडौँ । नेपाली तेक्वान्दो खेलाडी अदिश खड्काले अस्ट्रेलियामा सम्पन्न गोल्डकोस्ट ओपन अन्तर्राष्ट्रय तेक्वान्दो प्रतियोगता–२०२५ मा आइतबार स्वर्ण पदक जितेका छन् । गोल्डकोस्टमा सम्पन्न खेलमा अदिशले १७ वर्षमुनि उमेरसमूहको पुरुष एकल पुम्सेमा स्वर्ण जितेका हुन् ।
आदिश कूल ६.२३ अंकसहित च्याम्पियन बनेका हुन् । १० दिनको अवधिमा अदिशले जितेको यो दोस्रो अन्तर्राष्ट्रिय पदक हो । यसअघि उनले २१ औँ वटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको सोही स्पर्धामा रजत पदक जितेका थिए ।
वाटा ओपन जापानको ओसाकामा अप्रिल २५ देखि २७ तारिखसम्म आयोजना भएको थियो । अदिश जापानबाटै गोल्डकोस्ट ओपन खेल्न अस्ट्रेलिया गएका थिए । नामी इन्टरनेसनल कलेजमा ११ कक्षामा अध्ययनरत अदिश तेक्वान्दोमा तेस्रो डान प्राप्त खेलाडी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेती नदीमा महिलाको शव फेला
-
कृषि मन्त्रालयको १०० दिने प्रगति: कार्बन व्यापारदेखि किसानको भुक्तानीसम्म
-
विश्वकपमा अर्जेन्टिनालाई विशेष सुविधा दिइँदैछ ? आरोपका पछाडि यस्ता छन् कारण
-
सुकुमबासीलाई ५ दिनभित्र हटाउने अल्टिमेटम तत्काल फिर्ता लिन सांसद हरिनादेवीको माग
-
प्रतिनिधिसभा नियमावली विपक्षीका लागि मात्रै हो कि सत्तापक्षका लागि पनि ?
-
सरकारलाई सांसदको प्रश्न : सुकुमबासी जनता हुन् कि होइनन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण