लेखा समितिले भ्रष्टाचारलाई सहजीकरण गर्यो : सांसद सिंह
काठमाडौँ । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले लेखा समितिले भ्रष्टाचार र भ्रष्टाचारीलाई सहजीकरण गरिरहेको आरोप लगाएका छन् ।
आइतबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा सांसद सिंहले विद्युत प्राधिकरणको डेडिकेटेड लाइन, एनसेल लगायतका प्रकरणमा पनि लेखा समितिले प्रभावकारी भुमिका निर्वाह गर्न नसकेको बताए ।
‘सार्वजनिक लेखा समिति सरकारको छायाँ भयो, यस्तो हुनुहुदैन, सरकारलाई काउन्टर दिने हुनुपर्छ’, सिंहले भने ‘लेखा समिति देश र जनताको पक्षमा उभिनुपर्छ सरकारको पक्षमा होइन ।’
उनले व्यवस्थामाथि प्रश्न उठेको नै भ्रष्टाचारले हो भन्दै प्रधानमन्त्री र मुख्यसचिवलाई समेत समितिमा बोलाउनुपर्ने धारणा राखे ।
उनले पोखरा अन्तराष्ट्रिय विमानस्थलमा उपसमितिले तयार पारेको प्रतिवेदनले भ्रष्टाचार भएको देखाएको भन्दै भैरहवा विमानस्थलका बारेमा समेत समितिले भ्रष्टाचारको आशंका भइरहेको बताए । उनले लेखा समितिको बैठक संसदको बैठक देखाएर रोक्न नहुने बताए ।
‘संसद चल्दा नै समितिको बैठकमा पनि कोरम पुग्छ’, उनले भने, ‘आलटाल नगरौ ।’ लेखा समितिको बैठक राख्न सभापति ऋषिकेश पोखरेलले आलटाल गरेकोप्रति सांसदहरुले प्रश्न उठाएपछि सभापति पोखरेलले सभापतिलाई दोष दिएर सदस्यहरु उम्कन नमिल्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी शर्मा ओलीलाई रास्वपा सदस्य बनाएको विषय संसदमा उठ्यो
-
१५ वटा विश्वविद्यालय निमित्त उपकुलपतिको भरमा, नीतिगत निर्णयमा अप्ठ्यारो
-
इभी गाडी आयात सम्बन्धमा संसदीय छानबिन समिति चाहिन्छ : राप्रपा
-
लागुऔषधको आपूर्ति सञ्जाल तोड्न सांसदहरूको माग
-
नागढुंगाबाट १४ थान आइफोन बरामद
-
लागुऔषधको उत्पादनदेखि व्यवसायसम्म ‘सेटिङ’ हुने गरेको सांसद दुलालको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण