प्रिमियर लिग : उपाधि विजेता लिभरपुल चेल्सीसँग हार्यो
सोमबार, २२ वैशाख २०८२, ०५ : ५८
काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा उपाधि विजेता लिभरपुल चेल्सीसँग हारेको छ । चेल्सीले लिभरपुललाई उसकै घरेलु मैदानमा ३-१ ले हरायो । चेल्सीलाई जिताउन एन्जो फर्नान्डिज र कोल पामरले गोल गरे । घरेलु टोलीले एक गोल आत्मघाती उपहार पायो ।
चेल्सीकातर्फबाट भर्जिल भान डिज्कले एक गोल फर्काए । चार खेल अगावै लिगको उपाधि जितिसकेको लिभरपुलले हार भोगे पनि खासै फरक भने परेन । चेल्सीले भने चौथो स्थानको न्यूक्यासलसँग अंक बराबरी गरेको छ । तेस्रो स्थानको म्यान्चेस्टर सिटकिो समेत एक अंक मात्रै बढी छ ।
प्रिमियर लिग मै ब्राइटन र न्यूक्यासलले तथा वेष्टह्याम युनाइटेड र टोटनह्याम हटस्परले १-१ को बराबरी खेले । ब्रेन्टफोर्डले म्यान्चेस्टर युनाइटेडविरुद्ध ४-३ को संघर्षपूर्ण जित निकाल्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण