भयानक कार दुर्घटनामा इन्डियन आइडल–१२ विजेता पवनदीप राजन घाइते
नयाँ दिल्ली । इन्डियन आइडल सिजन–१२ का विजेता तथा गायक पवनदीप राजन सोमबार कार दुर्घटनामा परेका छन् । सोमबार बिहान ३ः४० बजे अमरोहामा भएको सो दुघर्टनामा उनलाई गम्भीर चोट लागेको बताइएको छ ।
सामाजिक सञ्जालमा गायकको एउटा भिडियो सार्वजनिक भएको छ, जसमा उनी गम्भीर अवस्थामा देखिएका छन् । डाक्टरहरूले उनको उपचार गरिरहेको भनिएको छ । पवनदीप राजन परेको दुर्घटनाबारे थप जानकारी आउन बाँकी छ । तर भिडियोमा पवनदीपको बायाँ खुट्टा र दाहिने हातमा चोट लागेको देखिन्छ । यो खबरपछि, प्रशंसकहरू उनको स्वास्थ्यको बारेमा चिन्तित भएका छन् । दुर्घटनामा कार पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।
- को हुन् पवनदीप राजन?
पवनदीप राजन उत्तराखण्डको चम्पावत जिल्लाका बासिन्दा हुन् । उनका बुबा सुरेश राजन, आमा सरोज राजन र बहिनी ज्योतिदीप राजन कुमाउनी लोक कलाकार हुन् । पवनदीपको संगीत यात्रा २०१५ मा द भ्वाइस इन्डियामा उनको जितसँगै सुरु भएको थियो ।
त्यसपछि उनले इन्डियन आइडल १२ जिते । पवनदीपले इन्डियन आइडल १२ को ट्रफीसँगै कार र २५ लाख रुपैयाँ पुरस्कार राशि पाएका थिए । फाइनलमा उनले अरुणिता कान्जिलाल, मोहम्मद दानिश, सायली काम्बले, निहाल टोरो र शनमुख प्रिया सँग प्रतिस्पर्धा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण