बिहीबार, ०१ जेठ २०८२
ताजा लोकप्रिय
अपराध

पोखरामा श्रीमतीको हत्या गरेर बरालले गरे आत्महत्या

मङ्गलबार, २३ वैशाख २०८२, १२ : ४२
मङ्गलबार, २३ वैशाख २०८२

पोखरा । पोखरामा श्रीमतीको हत्या गरेर एक व्यक्तिले आत्महत्या गरेका छन् । पोखरा-१७ का ऋषिराम बरालले श्रीमतीको हत्या गरेपछि आफूले आत्महत्या गरेका हुन् ।

घरायसी झगडा परेपछि उनले श्रीमती देवीमाया पराजुलीको हत्या गरेका प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । 

'दुईजना श्रीमती हुनुहुँदो रहेछ । कान्छी श्रीमतीसँग बस्नुहुने रहेछ,' प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले भने, 'घरायसी झगडा रहेछ । श्रीमतीको हत्या गरेपछि आत्महत्या गरेको अनुसन्धानले देखाएको छ ।'

घटनाको विषयमा थप अनुसन्धान भइरहेको बस्नेतले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप