वडाध्यक्षले कर्मचारी र व्यवसायीमाथि हातपात गरेपछि पोखरामा तनाव

पोखरा । पोखराका ४ नम्बर वडाध्यक्षले कर्मचारी र व्यवसायीमाथि हातपात गरेपछि तनाव सुरु भएको छ । मङ्गलवार अध्यक्ष देवकृष्ण पराजुलीले हातपात गरेको भन्दै व्यवसायी लेखनाथ सुवेदीले प्रहरीमा उजुरी दिएका छन् ।
सर्वेश्वर मार्गमा व्यवसाय गर्दै आएका सुवेदीलाई हातपात गरेपछि सम्पर्क विहीन भएका छन् । फुटपाथमा सामान राखेको भनेर उनी व्यवसायीमाथि जाइलागेका हुन् । व्यवसायीहरूले पराजुलीमाथि कडा कारबाहीको माग गरेका छन् ।
व्यवसायीहरूले मङ्गलवार नै वडा नम्बर ४ को कार्यालय घेरेर नाराबाजी गरेका थिए । कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले उजुरी प्राप्त भएको पुष्टि गरे । मङ्गलवार नै उनले पोखरा महानगरका अधिकृत ईश्वरी पोखरेलमाथि पनि हातपात गरेका महानगरले जनाएको छ ।
महानगरका विभिन्न कर्मचारी सङ्घ सङ्गठनले विज्ञप्ति निकालेर घटनाको सत्य तथ्य छानबिन सहित दोषीलाई कारबाहीको माग गरिएको छ । पोखरेलको कठालो समातेर प्रमुख प्रशासकीय अधिकृतकै कार्यकक्षमा कुटपिट भएको एक कर्मचारीले बताए ।
स्थानीय तह कर्मचारी युनियनका अध्यक्ष अमिर भण्डारी, स्थानीय तह कर्मचारी सङ्घका अध्यक्ष रेशम जिसी, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष नेत्रप्रसाद तिमिल्सिना र एकीकृत सरकारी कर्मचारी सङ्गठनका अध्यक्ष डिल्लीराम गिरीले उपमेयर मन्जुदेवी गुरुङलाई ध्यानाकर्षण पत्र लेखेर दोषीमाथि कारबाहीको माग गरेका हुन् ।
उक्त घटनाको भर्त्सना गर्दै दोषीलाई कारबाही नगरे काम बन्द गरेर सङ्घर्षमा उत्रिने चेतावनी कर्मचारीहरूको छ । ‘घटनामा संलग्न व्यक्ति उपर २४ घण्टाभित्र कानुन बमोजिम कारबाही गर्न ध्यानाकर्षण गर्दछौँ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘अन्यथा वैशाख २४ देखि महानगरपालिका कार्यालय र वडा कार्यालयमा समेत कामकाज ठप्प पारी आन्दोलनका कार्यक्रम अगाडि बढाइने जानकारी गराइन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माध्यामिक तहमा स्वास्थ्य विषयलाई अनिवार्य बनाउन माग
-
काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा
-
शान्तिका लागि तयार नभएसम्म राष्ट्रपति पुटिनमाथि दबाब बढाइन्छ : युरोपेली सङ्घ प्रमुख
-
आईसीसी विश्वकप लिग २ शृंखला : एकदिवसीय अभ्यास खेलमा नेपालको जित
-
चितुवाको आक्रमणबाट मृत्यु भएका १४ परिवारलाई १ करोड बढी क्षतिपूर्ति
-
प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज