मोक्षदाले जेम्स स्कुललाई सजिलै हरायो
काठमाडौँ । जयकुमारनाथ शाह मेमोरियल अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको बुधबार सम्पन्न अन्तिम खेलमा मोक्षदा स्कुलले जेम्स स्कुललाई ८६ रनको सजिलो जित हासिल गरेको छ । काठमाडौँको तल्लो मुलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको मोक्षदा स्कुलले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ६६ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको जेम्स स्कुलले भने निर्धारित ओभरमा आठ विकेट गुमाएर ८० रनमात्र बनाउन सक्यो ।
पहिले ब्याटिङ गरेको मोक्षदाका लागि ओपनर ब्याट्सम्यान ईशान शाह सुवेदीले उत्कृष्ट अर्धशतकीय पाली खेले । उनले ६१ रन बनाए । प्रारम्भदेखि नै आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल ४३ बलको सामना गरी १० चौका पनि हिर्काएका थिए । आलोककुमार शाहले पनि टोलीको खातामा अविजित ३० रन थपे । उनले १९ बलको सामना गरी तीन चौका पनि हिर्काए । ओपनर ब्याट्सम्यान नितेश बुढाथोकीले पनि टोलीको खातमा २९ रन थपे । उनले ३४ बलमा एक छक्का र एक चौका प्रहार गरे ।
मोक्षदा स्कुलले अतिरिक्त रुपमा पनि २२ रन पायो । जेम्स स्कुलका बलर सुदिश पौडेलले दुई विकेट लिए । जवाफी ब्याटिङ गरेको जेम्स स्कुलका लागि भने ओपनर अकसान्त सुवेदीले सर्वाधिक २२ रन बनाए । तल्लो क्रमका ब्याट्सम्यान आरभ ज्ञावालीले पनि अविजित २१ रन बटुले । जेम्स स्कुलले अतिरिक्त रुपमा पनि १९ रन पायो । मोक्षदा स्कुलका बलर अभीकुमार सिंह राजपुतले तीन विकेट लिए ।
काठमाडौँ जिल्ला क्रिकेट संघद्वारा आयोजित प्रतियोगिताको यो दोस्रो संस्करण हो । नेपाल क्किेट संघ (क्यान) का पूर्वअध्यक्ष जयकुमारनाथ शाहको सम्झनामा काठमाडौँ जिल्ला क्रिकेट संघले २०८१ सालदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगिताको दोस्रो संस्करण वैशाख २९ गतेसम्म चल्नेछ ।
यो प्रतियोगितालाई आगामी एसीसी मेन्स यू–१६ ईष्ट जोन कप–२०२५ को छनोट प्रतियोगिताका रूपमा समेत लिइएको छ । यो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई काठमाडौँ जिल्लाको टोलीमा स्थान दिँदै नेपालको राष्ट्रिय यू–१६ टोलीको छनोटका लागि अवसर प्रदान गरिने आयोजक संघले जनाएको छ ।
गत वर्षको प्रतियोगितामा सैनिक आवासीय महाविद्यालय विजेता बनेको थियो । अघिल्लो संस्करणको फाइनलमा सैनिक महाविद्यालयले मोक्षदा स्कुललाई हराएको थियो । यसपटक टोलीको संख्यामा पनि थप गरिएको छ । पहिलो संस्करणमा १६ स्कुलले भाग लिएका थिए । यसपटक भने २१ वटा स्कुलको सहभागिता रहेको छ ।
प्रतियोगितामा पहिलो हुने टोलीले एक लाख ५० हजार रुपैयाँ र दोस्रो हुने टोलीले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ पुरस्कार पाउने छ । उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र इमर्जिङ खेलाडीले जनही पाँच हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
प्रत्येक खेलको प्लेयर अफ दि म्याचलाई एक हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । विजेता र उपविजेतालाई प्रदान गरिने बाहेक अन्य सबै व्यक्तिगत पुरस्कार टेक्सास इन्टरनेसनल कलेजले प्रायोजन गरेको आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेती नदीमा महिलाको शव फेला
-
कृषि मन्त्रालयको १०० दिने प्रगति: कार्बन व्यापारदेखि किसानको भुक्तानीसम्म
-
विश्वकपमा अर्जेन्टिनालाई विशेष सुविधा दिइँदैछ ? आरोपका पछाडि यस्ता छन् कारण
-
सुकुमबासीलाई ५ दिनभित्र हटाउने अल्टिमेटम तत्काल फिर्ता लिन सांसद हरिनादेवीको माग
-
प्रतिनिधिसभा नियमावली विपक्षीका लागि मात्रै हो कि सत्तापक्षका लागि पनि ?
-
सरकारलाई सांसदको प्रश्न : सुकुमबासी जनता हुन् कि होइनन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण