‘मिस एण्ड मिस्टर नेसनल’ का विजेता छानिए

काठमाडौँ । ‘मिस एण्ड मिस्टर नेसनल नेपाल २०२५’ मा एकसाथ ६ विजेता छानिएका छन् । बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित ग्रान्ड फिनामा दीक्षा अवस्थी मिस सुप्रा नेसनल र साइरस विश्वकर्माले मिस्टर सुप्रा नेसनल तथा सिद्धार्थ तामाङ मिस्टर इन्टरनेसनल र रिजु भट्टराई मिस ग्लोब घोषित हुँदा क्रिशल श्रेष्ठ मिस्टर टुरिज्म क्रिशल श्रेष्ठ र सुम्निमा पुरी मिस इन्टरकन्टिनेन्टल घोषित भएका हुन् ।
प्रतियोगितामा मिस नेसनल नेपाल अनिशा श्रेष्ठ र मिस्टर नेसनल नेपाल प्रयाग रेग्मी बन्दा यही बिधामा फस्ट रनरअफ सिल्भिया शर्मा र सिजल कपाली बन्दा सेकेन्ड रनरअफ युक्ता सिंह र अजहर आलम भए ।
प्रत्येक विजेताहरुले २ लाख पुरस्कारसहित उपहारहरू हात पारेको आयोजकले जनाएको छ । सनुर्वी इन्टरनेसनल आयोजक रहेको प्रतियोगितामा महिला र पुरुष गरेर २७ जना प्रतिस्पर्धीहरू थिए ।
प्रतियोगितामा सबटाइटल तर्फ साइरस विश्वकर्मा र सुम्निमा पुरी उत्कृष्ट स्विमवेयर, सिजल कपाली र अनिशा श्रेष्ठले टप फोटोजेनिक, साइरस विश्वकर्मा र मनिशा पन्तले टप फिजिक बने ।
त्यस्तै, टप मोडलतर्फ दीक्षा अवस्थी र क्रिशल श्रेष्ठ उत्कृष्ट हुँदा सिल्भिया शर्मा मिस इलिगेन्स, मिस्टर एलिगेन्स प्रयाग रेग्मी चुँनिए ।मल्टिमिडिया अवार्ड रविना जिसी र सिद्धार्थ तामाङ, पब्लिक च्वाइस अवार्ड रिजु भट्टराई र अजहर आलमले जिते ।
प्रतियोगिताको निर्णायकमा डा.सन्तोष उपाध्याय, अरुण बस्नेत, केदारप्रसाद न्यौपाने, डा. केशु खड्का, सिजल रुपाखेती, प्रीया सिग्देल रहेका थिए ।