भारत-पाकिस्तान तनावमा अमेरिकी विदेश मन्त्रालयले के भन्यो ?
काठमाडाैँ । भारत र पाकिस्तानबिच जारी तनावको बारेमा अमेरिकी विदेश मन्त्रालय बोलेको छ । अमेरिकाले दुवै देशले एक अर्कामाथि आक्रमण गर्न बन्द गर्नुपर्ने बताएको छ । युद्धले कुनै समाधान ननिम्त्याउने अमेरिकाको भनाइ छ ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसले पत्रकार सम्मेलनमा यो कुरा बताएकी हुन्। पत्रकारहरूको प्रश्नको जवाफमा ब्रुसले भनिन्, 'अमेरिकाको सन्देश हिंसा, सैन्य कारबाही र युद्ध बन्द हुनुपर्छ भन्ने हो। युद्धबाट कुनै पनि समाधान निस्कँदैन भन्नेकुरा मध्य पूर्वबाट प्रमाणित भइसकेको छ ।'
यस्तै ब्रुसले भारत र पाकिस्तान बिचको तनावमा कुनै पनि प्रकारको मध्यस्थता केही खुलाइनन् ।
तर उनले अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतीय विदेशमन्त्री एस जयशंकर र पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफसँग फोनमा कुराकानी गरेको बताइन् । यस क्रममा रुबियोले दुवै देशका नेताहरूलाई तनाव कम गर्न र हिंसा रोक्न आग्रह गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण