मानव बेचबिखन आरोपमा एक जना पक्राउ, प्रलोभन देखाएर दुई युवतीलाई लैजाँदै थिए भारत
बिहीबार, २५ वैशाख २०८२, १७ : २१
काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिका वडा नम्बर २ का २४ वर्षिय रोजन भुजेल रहेका छन् ।
जिल्ला प्रहरी कार्याल पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक किशोर लम्सालका अनुसार भुजेललाई बुधबार पक्राउ गरिएकाे हाे ।
प्रहरीका अनुसार भुजेलले हेटौडा तथा वीरगञ्जको कपडा कारखानामा राम्रो आम्दानी हुने काममा लगाईदिने भन्दै दुई जना युवतीहरुलाई प्रलोभनमा पारी बेचबिखन गर्ने उद्देश्यले भारततर्फ लैजाँदै थिए ।
पक्राउ परेका उनीमाथि पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छातीमा नेपालको नक्साअंकित लोगो लगाएर सीमाका विषयमा विभाजित भएर बहस गर्नु दुर्भाग्यपूर्ण : नेकपा
-
बादलको आरोप– प्रधानमन्त्रीको गलत अभिव्यक्तिको बचाउमा सांसदसहित सेना पनि लाग्यो
-
पर्वतमा सन्तु नेपालीको हत्या गरी गहना लुट्ने मुख्य अभियुक्तसहित दुई जना पक्राउ
-
दरबार हत्याकाण्ड ‘उधिन्ने’ गृहमन्त्री गुरुङको घोषणाबारे के भन्छन् दलका नेताहरू ?
-
आङ्देम्बेको ‘मुर्दा लास’ र ‘चीरहरण’ शब्दप्रति रास्वपाको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग
-
रामबहादुर थापाले दिए संसद् सुचारुका तीन उपाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण