वाइसिएल मोरङको अध्यक्षमा योगेन लिम्बू
विराटनगर । नेकपा (माओवादी केन्द्र)को भातृ सङ्गठन योङ कम्युनिष्ट लीग (वाईसीएल) मोरङको अध्यक्षमा योगेन लिम्बू चयन भएका छन् ।वाइसिएल मोरङको तेस्रो जिल्ला सम्मेलनबाट लिम्बूको नेतृत्वमा ७१ सदस्यीय नयाँ समिति चयन भएको हो ।
समितिको उपाध्यक्षमा मोहम्मद रेहान, कमल लिम्बू र कृतिका खनाल चयन भएका छन् । साथै, सचिवको जिम्मेवारी सुशन खड्का चयन भएका छन् । सह–सचिवमा रोशन राई, जमिन मङ्ग्राती र महेन्द्र सोनार चयन भएका छन् भने कोषाध्यक्षमा इन्द्रबहादुर राई चयन भएका छन् ।
अध्यक्ष योगेन लिम्बूले कार्यभार ग्रहण गर्दै युवा सशक्तीकरण, सामाजिक परिवर्तन र जनहितका कार्यहरूलाई प्राथमिकता दिने बताएका छन् । नवनिर्वाचित उपाध्यक्ष मोहम्मद रेहानले वाईसिएल नेपाल मोरङले आगामी दिनहरूमा समुदायको लागि थप प्रभावकारी र उपयोगी योजनाहरू ल्याउने योजना बताए ।
सम्मेलनको उद्घाटन माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा वाइसिएलका पूर्व अध्यक्ष रामप्रसाद सापकोटाले गरेका थिए ।सम्मेलनमा माओवादी पार्टीका विभिन्न नेता र अन्य सामाजिक संस्थाका प्रतिनिधिहरूले नयाँ समितिलाई बधाई र सफल कार्यकालको शुभकामना दिए । नयाँ नेतृत्वले सङ्गठनलाई थप सशक्त र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोइला–ग्यास निर्यातले मानवअधिकार उल्लङ्घन गरेको भन्दै अष्ट्रेलियाविरुद्ध संयुक्त राष्ट्रसंघमा मुद्दा
-
होटलमा भेट भएकासँग ट्याटु खोप्ने विषयमा विवाद हुँदा हत्या
-
स्ट्रेट अफ होर्मुजमा बढ्दै जहाज आवागमन
-
‘लुम्बिनी लोक तारा’मा प्रथम भए समीर पुन
-
बन्दसत्रमा विलम्ब भएपछि बरालिँदै रास्वपा नेता कार्यकर्ता (तस्बिरहरू)
-
३ नम्बरको जर्सीसहित भारतीय क्रिकेट टोलीमा वैभवको इन्ट्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण