ग्यालेक्सीसँग हार्यो संस्कृति इन्टरनेशनल
काठमाडौँ । जयकुमारनाथ शाह मेमोरियल अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको शुक्रबार सम्पन्न खेलमा ग्यालेक्सी पब्लिक स्कुलले संस्कृति इन्टरनेशनल स्कुललाई २९ रनले पराजित गरेको छ । काठमाडौँस्थित तल्लो मुलपानी क्रिकेट मैदानमा खेलिएको समूह ‘सी’ अन्तर्गतको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको ग्यालेक्सी पब्लिकले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ६ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको संस्कृतिले भने १२।४ ओभरमा नौ विकेट गुमाएर ७७ रनमात्र बनाउन सक्यो । पहिले ब्याटिङ गरेको ग्यालेक्सीका लागि ओपनर ब्याट्सम्यान निर्भिक अधिकारीले सर्वाधिक २५ रनको योगदान गरे ।
निर्भिकले ४० बलमा एक चौका पनि हिर्काए । स्विकृत रिजालले पनि टोलीको खातामा १७ रन थपे । उनले २३ बलमा एक चौका पनि हिर्काए । खुशवेन्द्र शाहले पनि ११ रन बनाए । ग्यालेक्सीका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।
ग्यालेक्सीले अतिरिक्त रुपमा पनि २९ रन पाएको थियो । ग्यालेक्सीका कुनै पनि ब्याट्सम्यानले बनाएभन्दा यो बढी रन हो । संस्कृतिका बलर गर्व बाहेती, देवांशजंग लामिछाने र पार्थ अग्रवालले दुई–दुई विकेट लिए । जवाफी ब्याटिङ गरेको संस्कृतिका लागि सहर्ष श्रेष्ठले सर्वाधिक २२ रन बनाए । उनले २२ बलमा तीन चौका पनि हिर्काए । प्रञ्जन शर्मा देवकोटाले पनि २० रन जोडे । उनले २० बलमा दुई चौका प्रहार गरे । संस्कृतिका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
संंस्कृतिले अतिरिक्त रुपमा पनि १२ रन पाएको थियो । ग्यालेक्सीका बलर स्विकृति रिजाल एक्लैले चार विकेट लिए । उनले तीन ओभरमा १४ रन खर्चिए । उनी प्लेयर अफ दि म्याच पनि घोषित भए । मिङ्मा तामाङले पनि चार विकेट लिए । उनले ३।४ ओभरमा १९ रन खर्चिए ।
काठमाडौँ जिल्ला क्रिकेट संघद्वारा आयोजित प्रतियोगिताको यो दोस्रो संस्करण हो । नेपाल क्किेट संघ (क्यान) का पूर्वअध्यक्ष जयकुमारनाथ शाहको सम्झनामा काठमाडौँ जिल्ला क्रिकेट संघले २०८१ सालदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगिताको दोस्रो संस्करण वैशाख २९ गतेसम्म चल्नेछ ।
यो प्रतियोगितालाई आगामी एसीसी मेन्स यू–१६ ईष्ट जोन कप–२०२५ को छनोट प्रतियोगिताका रूपमा समेत लिइएको छ । यो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई काठमाडौँ जिल्लाको टोलीमा स्थान दिँदै नेपालको राष्ट्रिय यू–१६ टोलीको छनोटका लागि अवसर प्रदान गरिने आयोजक संघले जनाएको छ ।
गत वर्षको प्रतियोगितामा सैनिक आवासीय महाविद्यालय विजेता बनेको थियो । अघिल्लो संस्करणको फाइनलमा सैनिक महाविद्यालयले मोक्षदा स्कुललाई हराएको थियो । यसपटक टोलीको संख्यामा पनि थप गरिएको छ । पहिलो संस्करणमा १६ स्कुलले भाग लिएका थिए । यसपटक भने २१ वटा स्कुलको सहभागिता रहेको छ ।
प्रतियोगितामा पहिलो हुने टोलीले एक लाख ५० हजार रुपैयाँ र दोस्रो हुने टोलीले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ पुरस्कार पाउने छ । सर्वोत्कृष्ट बलर, सर्वोत्कृष्ट ब्याट्सम्यान र इमर्जिङ खेलाडीले पनि जनही पाँच हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रत्येक खेलको प्लेयर अफ दि म्याचलाई एक हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक महिनासम्म गहुँको रोटी नखाँदा शरीरमा आउँछ यस्ता परिवर्तन
-
नेपाल पत्रकार महासंघ युकेको स्थापना दिवसमा को-काे हुँदैछन् सम्मानित ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
सुदूरपश्चिममा कृषिका ठुला योजना निरन्तर अलपत्र, कार्यान्वयन नहुँदै फेरि बजेट विनियोजन
-
कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण