नेपाल टी–१० क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण जेठमा
शुक्रबार, २६ वैशाख २०८२, १३ : ५१

काठमाडौँ । नेपाल टी–१० क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आगामी जेठ ४ देखि १० गतेसम्म विराटनगरमा आयोजना हुने भएको छ । प्रतियोगिता विराटनगर महानगरपालिका वडा नम्बर ६ कार्यालयले आयोजना गर्न लागेको हो ।
प्रतियोगिता कोशी प्रदेश क्रिकेट संघको स्विकृतिमा सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ । प्रतियोगिताका खेलहरु विराटनगरस्थित ज्वाला क्रिकेट मैदानमा खेलाइने छ । प्रतियोगितामा सातवटा क्लबको सहभागिता रहने बताइएको छ ।
प्रतियोगताका खेलहरु दिवा–रात्री रुपमा खेलाइने आयोजकले जनाएको छ । प्रतियोगिताका क्रममा कुल २३ खेल आयोजना हुने बताइएको छ । प्रतियोगिताले नेपाली क्रिकेटको विकासमा थप टेवा पुग्ने विश्वास आयोजकले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा स्पोर्टस् अवार्ड : अरूणा र विश्वास वर्ष उत्कृष्ट खेलाडी घोषित
-
‘सरकारले मानव अधिकार उलङ्घन गरिरहेको छ’
-
सर्च कमिटीले ३० जनाको लियो अन्तर्वार्ता, बैठक बसेर थप निर्णय गरिने
-
प्रवासी नेपालीहरूलाई सावधानी अपनाउन नेपाली समाज भारतको आग्रह
-
बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
-
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वयनमा जोड