नर्भिकले भित्र्यायो प्रसूति तथा स्त्रीरोग विभागमा थप ५ अनुभवी चिकित्सक
शुक्रबार, २६ वैशाख २०८२, १५ : ०३
काठमाडौं । महिलाको गुणस्तरीय स्वास्थ्य सेवामा विशेष जोड दिँदै नर्भिक इन्टरनेशनल अस्पतालले प्रसूति तथा स्त्रीरोग विभागमा थप ५ अनुभवी चिकित्सकहरुलाई भित्र्याएको छ ।
अस्पतालले सिनियर कन्सल्ट्यान्ट गाइनोकोलोजिस्टहरु डा निरा सिंह श्रेष्ठ, डा स्विटी श्रेष्ठ र डा जुनु बज्राचार्य, कन्सल्ट्यान्ट गाइनोकोलोजिस्ट सुनिता विश्वकर्मा र सिनियर ल्याप्रोस्कोपिक सर्जन डा विनय राज भण्डारीलाई भित्र्याएको हो । उनीहरुले आगामी जेठ १ गतेदेखि सेवा दिनेछन् ।
अनुभवी चिकित्सकहरुको आगमनले नर्भिकको गुणस्तरीय र विश्वसनीय स्वास्थ्य सेवा प्रवाहको अभियानमा थप सहयोग पुग्ने अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले बताए । अस्पतालले सन् २००४ मा प्रसूति सेवा सुरु गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशकै पहिलो पोषणमैत्री बन्दै बडिगाड गाउँपालिका
-
वीरमा १२औँ तह (अतिरिक्त सचिव) को पुल दरबन्दी, तर कोहि जाँदैनन्
-
मेस्सी र यमालको अनौठो संयोग
-
जब आँखै अगाडि ११ जनकलाकारको हत्या भयो
-
बन्दको घोषणापछि स्ट्रेट अफ होर्मुजमा जहाज आवागमनमा कमी
-
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण