आइतबार, ११ जेठ २०८२
ताजा लोकप्रिय

नर्भिकले भित्र्यायो प्रसूति तथा स्त्रीरोग विभागमा थप ५ अनुभवी चिकित्सक

शुक्रबार, २६ वैशाख २०८२, १५ : ०३
शुक्रबार, २६ वैशाख २०८२

काठमाडौं । महिलाको गुणस्तरीय स्वास्थ्य सेवामा विशेष जोड दिँदै नर्भिक इन्टरनेशनल अस्पतालले प्रसूति तथा स्त्रीरोग विभागमा थप ५ अनुभवी चिकित्सकहरुलाई भित्र्याएको छ । 

अस्पतालले सिनियर कन्सल्ट्यान्ट गाइनोकोलोजिस्टहरु डा निरा सिंह श्रेष्ठ, डा स्विटी श्रेष्ठ र डा जुनु बज्राचार्य, कन्सल्ट्यान्ट गाइनोकोलोजिस्ट सुनिता विश्वकर्मा र सिनियर ल्याप्रोस्कोपिक सर्जन डा विनय राज भण्डारीलाई भित्र्याएको हो । उनीहरुले आगामी जेठ १ गतेदेखि सेवा दिनेछन् । 

अनुभवी चिकित्सकहरुको आगमनले नर्भिकको गुणस्तरीय र विश्वसनीय स्वास्थ्य सेवा प्रवाहको अभियानमा थप सहयोग पुग्ने अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले बताए । अस्पतालले सन् २००४ मा प्रसूति सेवा सुरु गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप