खोटाङको बराहपोखरी गाउँपालिका : ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न

खोटाङ । जिल्लाको बराहपोखरी गाउँपालिकामा यस आर्थिक वर्षमा ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न भएका छन् ।
गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा दिइएको जानकारीअनुसार सम्झौता गरिएकामध्ये २६ वटा योजना सम्पन्न हुन बाँकी छन् ।
गाउँपालिकाले चालु आर्थिक वर्षको कूल बजेटमध्ये ५८.५७ प्रतिशत खर्च गरेको लेखा अधिकृत छत्रबहादुर बानियाँले जानकारी दिनुभयो । लेखा अधिकृत बानियाँका अनुसार चालुतर्फ ६३.६४ र पुँजीगततर्फ ४७.९४ प्रतिशत बजेट खर्च गरेको हो ।
चालु आर्थिक वर्षका लागि गाउँपालिकाको बजेट रु ३२ करोड ९२ लाख ३५ हजार छ । सङ्घीय समानीकरणतर्फ रु पाँच करोड ४६ लाख ७० हजारमध्ये हालसम्म रु चार करोड ४५ लाख ७५ हजार खर्च भएको छ ।
सशर्त अनुदानतर्फ रु १३ करोड ३८ लाख ४९ हजार प्रक्षेपण गरिएकोमा रु १० करोड चार लाख चार हजार आम्दानी हुँदा रु नौ करोड २० लाख ९५ हजार खर्च भएको छ ।
गाउँपालिकामा बिहीबार सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयवासीले गाउँपालिकाबाट सम्पादित योजनामाथि जिज्ञासा राखेका थिए । उनीहरुले गाउँपालिकाबाट सम्पादन हुने कार्यक्रम जनमुखी बनाउँदै गुणस्तरमा ध्यान दिन सुझाव दिए ।
गाउँपालिका प्रमुख शालिकराम बञ्जरा, उपप्रमुख भूबलराज राई, प्रमुख प्रशासकीय अधिकृत दिलकुमार अधिकारीलगायतले जिज्ञासाको जवाफ दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायीले गरेनन् भारतले दिएको कोटाबापतको गहुँ आयात
-
टाटा समूहले अहमदाबाद विमान दुर्घटनाका मृतकका परिवारलाई १–१ करोड रुपैयाँ दिने
-
पखेटाको ‘फ्ल्याप’ ले विमान दुर्घटनामा भूमिका खेलेको हुन सक्ने विज्ञको आशङ्का
-
१० बजे १० समाचार : न्यायाधीशमाथि आक्रमणदेखि एमालेमा तरंगसम्म
-
तीनकुने घटनामा अदालतले आदेश सुनाउँदै, इजलास बाहिर प्रतिवादी
-
१० बजेसम्म आएन आदेश, आदेशको प्रतीक्षामा बस्नेहरु तस्बिरमा हेर्नुहोस्