आईपीएलको बारेमा निर्णय लिन बीसीसीआईको बैठक बस्दै, बिहीबारदेखि सुरु हुनसक्ने
काठमाडौँ । भारत र पाकिस्तानबिच देखिएको सैन्य तनावका कारण स्थगित भएको इन्डियन प्रिमियर लिग (आईपीएल) को १८ औँ संस्करणको बाँकी खेलको बारेमा निर्णय लिन भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को बैठक आइतबार बस्ने भएको छ ।
बैठकले आईपीएलको बाँकी खेलको बारेमा निर्णय लिने बताइएको छ । आईपीएलको १८ औँ संस्करणमा कुल ७४ खेल खेल्नेछ । त्यसमध्ये हालसम्म ५८ खेल खेलिएको छ । जारी आईपीएलमा अब १६ खेल खेल्न बाँकी छ । भारत र पाकिस्तानले एक–अर्काविरुद्ध सैन्य आक्रमण सुरु गरेपछि बीसीसीआईले आईपीएल तत्कालका लागि स्थगित गर्ने निर्णय लिएको थियो । तर, अहिले भारत र पाकिस्तानले एक–अर्काविरुद्ध सैन्य आक्रमण नगर्ने सहमति गरिसकेका छन् ।
त्यसैले बीसीसीआईले आईपीएलको विषयमा निर्णय लिन बैठक बोलाएको हो । भारत र पाकिस्तानबिच सैन्य आक्रमण सुरु भएपछि आईपीएल खेलिररहेका विदेशी खेलाडीहरु त्रसित बनेका थिए । उनीहरुले सुरक्षाको कारण देखाउँदै स्वदेश फर्कन चाहेका थिए ।
त्यसैले आईपीएल स्थगित भएपछि अधिकांश विदेशी खेलाडी स्वदेख फर्किइसकेका छन् । केही विदेशी खेलाडी भने विदा बनाउन अन्य राष्ट्र पुगेका छन् । त्यसैले बीसीसीआईले आईपीएलको अर्को मिति घोषणा गर्नुअघि विदेशी खेलाडीको विषयलाई पनि ध्यानमा राख्नुपर्ने हुन्छ ।
बीसीसीआईका एक अधिकारीले आगामी बिहीबार (मे १५ तारिख) देखि आईपीएलको बाँकी खेल सुरु हुनसक्ने बताएका छन् । आईपीएलको आयोजकले हाल स्वेशमा रहेका अस्ट्रेलियन खेलाडीलाई पनि यसको जानकारी गराइस्केको दाबी समाचारमा गरिएको छ ।
बीसीसीआईका उपाध्यक्ष राजिव शुक्लाले पनि आईपीएलको बाँकी खेलको विषयमा निर्णय लिन आइतबार बैठक बस्ने जानकारी दिएका छन् । अस्ट्रेलियाको वेवसाइट कोडस्पोर्टसले पनि आगामी बिहीबारदेखि आईपीएल पुनः सुरु हुने दाबी गरेको छ । कोडस्पोर्टसले आईपीएल खेलिरहेका अस्ट्रेलियन खेलाडीलाई उदृत गर्दै यस्तो समाचार प्रकाशित गरेको हो ।
अर्को एक समाचारमा दाबी गरिए अनुसार, आईपीएलका बाँकी खेल बेंगलुरुको एम। चिन्नास्वामी, चेन्नईको चेपाक र हैदराबादको राजिव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा खेलाइने सम्भावना छ । धर्मशालामा पञ्जाब किङ्स र दिल्ली क्यापिटल्सबिचको खेल सुरक्षाको कारण देखाउँदै बिचमै स्थगित गरिएको थियो । त्यो खेलको विषयमा पनि निर्णय हुन बाँकी छ ।
बीसीसीआई स्रोतले जनाए अनुसार, दिल्ली र पञ्जाबबिचको खेल पुनः खेलाइने छ । त्यो खेललाई समेत जोड्न अब आईपीएलमा १७ खेल खेल्न बाँकी छ । हालसम्म ११ खेल खेलेको गुजरात टाइटन्स १६ अंकसहित पहिलो, समान खेल खेलेको रोयल च्यालेन्जर्स बेंगलुरु १६ अंकसहित दोस्रो, समान खेल खेलेको पञ्जाब किङ्स १५ अंकसहित तेस्रो, १२ खेल खेलेको मुम्बई इन्डियन्स १४ अंकसहित चौथो र ११ खेल खेलेको दिल्ली क्यापिटल्स १३ अंकसहित पाँचौँ स्थानमा आसिन छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीको छापा
-
वर्षा र सडक मर्मतका कारण अवरुद्ध छन् यी राजमार्ग
-
लक्ष्मी आचार्यको नयाँ सांगीतिक कोसेली 'लगा लगा जोरका झट्का’ सार्वजनिक
-
भेनेजुएलामा भूकम्प : ९०० भन्दा बढीको मृत्यु, भग्नावशेषबाट तीन दिदीबहिनीको जीवितै उद्धार
-
स्पेन समूह विजेता, केप भर्डे उपविजेता बन्दै पहिलो पटक अन्तिम ३२ मा, उरुग्वे र साउदी बाहिरिए
-
कार्गो जहाजमा ड्रोन हमलापछि अमेरिकाद्वारा इरानमाथि प्रत्याक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण