निजामती विधेयकलाई समितिको आगामी बैठकबाट संसदमा पेस गर्नेगरी तयारी गर्न निर्देशन

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिले निजामती विधेयकलाई समितिको आगामी बैठकबाट संसदमा पेस गर्नेगरी तयारी गर्न सरकारलाई निर्देशन दिएका छन् ।
आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा समिति सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयकलाई आगामी समितिको बैठकबाट संसदमा पेस गर्नेगरी तयारी गर्न सरकारलाई निर्देशन दिएका हुन् । समिति सदस्यहरू र जनताको धारणा बुझेर सरकारलाई आगामी समितिको बैठकमा उपस्थित हुँदा निजामती विधेयक जसरी पनि संसदमा पेस गर्नेगरी तयारीका साथ उपस्थित हुन उनले आग्रह गरे ।
उनले सरकारले स्पष्ट नबनाए समितिले आफ्नो प्रक्रियाअनुसार काम अघि बढाउने समेत जानकारी दिए । कानुन निर्माण गर्दै जाँदा पुरानालाई समय थप्दै जाने र नयाँलाई बाटो बन्द गर्ने प्रवृत्तिको विकास भए जनमानसमा नराम्रो प्रभाव पर्ने बताए ।
सभापति खतिवडाले अख्तियारको विधेयकमा पनि सरकारले आफ्नो स्पष्ट धारणा बनाउनुपर्ने र छिटो विधेयक टुंग्याउनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेलम्ची र हेलम्बु क्षेत्रको पुनःनिर्माण गछौँ : मन्त्री खड्का
-
टिकटक ट्रेन्ड पछ्याउँदा छोरीलाई दुर्व्यवहार गरेकोमा दोषी ठहर भइन् आमा
-
पर्यटकीय गन्तव्य मौलाकालीमा ‘इला होटल’ तथा रिसोर्ट सञ्चालनमा
-
लुम्बिनीमा सम्बोधन गर्दै भारत-पाकिस्तानबिचको तनावबारे प्रधानमन्त्रीले के भने ? (पूर्णपाठसहित)
-
भारत–पाकिस्तान युद्धविरामपछि यस्तो छ पाकिस्तानी सेयर बजारको अवस्था
-
भावी नेतृत्व जोडिएपछि सशस्त्रको एआईजी बढुवा पेचिलो