आज पनि दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार १० अर्ब २० करोड
काठमाडौं । सेयर बजार आज पनि दोहोरो अंकले घटेको छ । साताको पहिलो दिन आइतबार बजार परिसूचक १२.५३ अंक घटेको हो ।
योसँगै २६४९.११ अंकमा कायम भएको छ । आज बजारमा १० अर्ब २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
बजारमा आज ८२ कम्पनीको मूल्य बढ्दा १६४ वटा कम्पनीको मूल्य घटेको छ । बजारमा आज पाँच वटा कम्पनीहरू नेपाल माइक्रो लाइफ, क्रेट माइक्रो लाइफ, हिमालयन हाइड्रोपावर, जोशी हाइड्रोपावर र ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सिन्धु विकास बैंकको सेयर मूल्य आज सबैभन्दा धेरैले घटेको छ ।
क्षेत्रगत रुपमा होटल तथा पर्यटन, विकास बैंक, जीवन बीमा, निर्जीवन बीमा र व्यापारमूलकको समूहको परिसूचक बढ्दा बाँकी सूचक घटेका छन् । होटल तथा पर्यटन क्षेत्रमा सर्वाधिक ६.५० प्रतिशतले बढेको छ । फाइनान्स समूह सबैभन्दा धेरै ३.७२ अंकले घटेको छ ।
आज बजारमा राधी जलविद्युत् र ङादी पावरको शेयर सर्वाधिक ६० करोड भन्दा धेरै कारोबार भएका छन् । कारोबार संख्या र कारोबार भएको शेयर संख्यामा पनि ङादी ग्रुप पावर सबैभन्दा धेरै रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण