शुक्रबार, ०२ जेठ २०८२
ताजा लोकप्रिय

आज पनि दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार १० अर्ब २० करोड

आइतबार, २८ वैशाख २०८२, १५ : २६
आइतबार, २८ वैशाख २०८२

काठमाडौं । सेयर बजार आज पनि दोहोरो अंकले घटेको छ । साताको पहिलो दिन आइतबार बजार परिसूचक १२.५३ अंक घटेको हो ।

योसँगै २६४९.११ अंकमा कायम भएको छ । आज बजारमा १० अर्ब २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

बजारमा आज ८२ कम्पनीको मूल्य बढ्दा १६४ वटा कम्पनीको मूल्य घटेको छ । बजारमा आज पाँच वटा कम्पनीहरू नेपाल माइक्रो लाइफ, क्रेट माइक्रो लाइफ, हिमालयन हाइड्रोपावर, जोशी हाइड्रोपावर र ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सिन्धु विकास बैंकको सेयर मूल्य आज सबैभन्दा धेरैले घटेको छ । 

क्षेत्रगत रुपमा होटल तथा पर्यटन, विकास बैंक, जीवन बीमा, निर्जीवन बीमा र व्यापारमूलकको समूहको परिसूचक बढ्दा बाँकी सूचक घटेका छन् । होटल तथा पर्यटन क्षेत्रमा सर्वाधिक ६.५० प्रतिशतले बढेको छ । फाइनान्स समूह सबैभन्दा धेरै ३.७२ अंकले घटेको छ । 

आज बजारमा राधी जलविद्युत् र ङादी पावरको शेयर सर्वाधिक ६० करोड भन्दा धेरै कारोबार भएका छन् । कारोबार संख्या र कारोबार भएको शेयर संख्यामा पनि ङादी ग्रुप पावर सबैभन्दा धेरै रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप