बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

खराब फर्म जारी रहे एमोरिमले युनाइटेड छाड्ने

सोमबार, २९ वैशाख २०८२, १७ : ०४
सोमबार, २९ वैशाख २०८२

ओल्ड ट्राफोर्ड । रुबेन एमोरिमले म्यानचेस्टर युनाइटेडले लिगमा देखाएको खराब फर्म अर्को सिजनमा पनि जारी राखे आफूले म्यानेजर पदबाट राजीनामा दिनु उपयुक्त हुने बताएका छन् । आइतबार टोली वेस्ट ह्याम युनाइटेडसँग आफ्नै घरेलु मैदानमा ०–२ गोल अन्तरले पराजित भयो । टोलीले पछिल्ला ८ खेलमा जित हात पार्न सकेको छैन ।

आफ्नै भविष्यबारे प्रश्न गर्दै एमोरिमले भने, ‘हामीले ठुलो क्लब हौँ भन्ने भावना गुमाउँदै गइरहेका छौँ । घरमा नै खेल हार्नु भनेको पृथ्वीको अन्त्य जस्तै हो । यदि हामी म्यानचेस्टर युनाइटेड भएर हार्न डराएनौँ भने हामीसँग त्यो त्रास बाँकी रहँदैन । यो कुनै पनि ठुलो क्लबका लागि सबैभन्दा खतरनाक कुरा हो ।’

एमोरिमको टोलीले गत २६ जनवरीपछि रेलिगेसनमा परेको इपस्वीच र लेस्टर सिटीलाई मात्र हराएको छ । ‘यहाँ भएका सबैले धेरै कुराबारे गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको छ,’ उनले भने, ‘सबैले युरोपा लिगको फाइनलबारे सोचिरहेका छन् । तर, फाइनल अहिलेको मुद्दा होइन । हामीले त्योभन्दा धेरै ठुलो कुरा सोच्नुपर्नेछ ।’

‘म मेरै बारेमा र क्लब र टोलीको संस्कृतिको बारेमा कुरा गर्दैछु । हामीले यो बदल्नुपर्छ । यो क्लबको इतिहासमा निर्णायक मोड हो,’ उनले भने । तीन अंकको हिसाबले युनाइटेड सन् १९३०–३१ पछि सबैभन्दा खराब अवस्थामा छ । त्यतिबेला टोलीले ४२ खेलबाट २९ अंक बटुलेको हुन्थ्यो । टोली हाल ३९ अंकसहित लिगको १६ औँ स्थानमा रहेको छ । 

युनाइटेडभन्दा तल युरोपा लिगको फाइनलको प्रतिद्वन्द्वी र रेलिगेसनमा परेका ३ वटा अन्य टोलीमात्र छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप