वैदेशिक रोजगारीमा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति उपलब्ध

तनहुँ । यहाँस्थित जिल्ला प्रशासन कार्यालयले सुरक्षित आप्रवासन कार्यक्रम (सामी) अन्तर्गत वैदेशिक रोजगारीमा ज्यान गुमाएका १४ परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराएको छ ।
चालु आर्थिक वर्षको साउनदेखि चैत्रसम्मको नौ महिनामा ती परिवारलाई रु तीन करोड ७९ लाख ६८ हजार २५६ उपलब्ध गराएको हो ।
वैदेशिक रोजगारीमा ज्यान गुमाएका, ठगीमा परेका र घाइते उपचारसहित कूल रु चार करोड ३४ लाख २० हजार २५६ क्षतिपूर्ति रकम उपलब्ध गराएको प्रशासन कार्यालयले जनाएको छ ।
ठगीमा परेका बाह्र जनालाई रु ५४ लाख दुई र दुर्घटनामा घाइते एक जनाको उपचारका लागि रु एक लाख रकम उपलव्ध गराइएको सामी कार्यक्रमका परामर्शकर्ता गोमा तिवारीले जानकारी दिए ।
उक्त कार्यक्रम अन्तर्गत १८१ वटा मुद्दा दर्ता भएका छन् । दर्ता भएका मुद्दामध्ये ५४ वटा फछ्र्यौट भएका छन्भने १२७ वटा कारबाहीको प्रक्रियामा छन् ।
उनका अनुसार व्यास नगरपालिका ६३, भानुमा पन्ध्र, शुक्लागण्डकीमा २३, म्याग्देमा २१, भीमादमा १३, ऋषिङबाट १२, बन्दीपुर १७, देवघाट चार, घिरिङमा तीन र अन्य जिल्लाबाट नौ मुद्दा दर्ता भएका थिए ।
उनले भने,“नौ महिनाको अवधिमा वैदेशिक रोजगारीमा जान लागेका नौ हजार १६० जनालाई सचेतनासम्बन्धी परामर्श दिइएको छ ।”
सरकार र स्वीस सरकारबीच भएको द्विपक्षीय सम्झौताअनुसार नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत हेल्भेटास नेपालको प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलामी जाँदै गरेका एक जनाको सडक दुर्घटनामा मृत्यु
-
दिल्लीले म्याक्गर्कको स्थानमा मुस्ताफिजुरलाई भित्र्यायो, तर बीसीबीले भन्यो - एनओसी दिइएको छैन
-
कैलाशलाई मन्त्री बनाउने रञ्जिताको पत्र निष्प्रभावी, रेशम पक्षले घनश्यामलाई मन्त्री बनाउँदै
-
बिहीबार यी सहरको तापक्रम ४१ डिग्रीसम्म पुग्ने
-
लखनउमा गुडिरहेको बसमा आगलागी, पाँच जना यात्रुको जलेर मृत्यु
-
सतुङ्गल स्थित आरआर कम्प्लेक्समा आगलागी