पत्रकार फणिदेव महतको निधन
बुधबार, ३१ वैशाख २०८२, ०८ : १४
रौतहट । रौतहटका पत्रकार फणिदेव महतको निधन भएको छ। लामो समय देखि ब्रेन ट्युमर रोगबाट पीडित ४८ वर्षीय महतको उपचारको क्रममा काठमाडौँस्थित अन्नपूर्ण न्युरो अस्पतालमा गए राति निधन भएको हो।
रौतहटबाट दुई दशकभन्दा बढी समयदेखि महत पत्रकारिता क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए। उनी अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकका रौतहट संवाददाता थिए । साथै चन्द्रनिगापुर स्थित सञ्चालनमा रहेको रेडियो सुप्रिम र ुकलमपाटी डटकमु अनलाईनका सञ्चालक समेत रहेका थिए।
स्वर्गीय महतले प्रेस चौतारी नेपालको मधेस प्रदेश अध्यक्ष समेत रहेका थिए। महतको श्रीमती र २ छोराछोरी रहेका छन्। महतको पार्थिव शरीर चन्द्रपुर नगरपालिका स्थित उनको घरमा राखिएको छ । उनको आजै अन्त्येष्टि गरिने परिवारका सदस्यले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण