डाक्नेश्वरी नगरपालिकामा स्ट्रीट लाइट खरिदमा अनियमितता
काठमाडौँ । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा आर्थिक वर्ष २०७८/०७९ मा स्ट्रीट लाइट खरिद तथा जडानमा सार्वजनिक रकम हिनामिना गरिएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
नगरपालिकाले सम्पूर्ण वडाहरूमा उच्चस्तरीय स्ट्रीट लाइट जडानका लागि विनियोजन गरिएको रु. ४८,२४,८७४ को बजेटबाट १४८ थान एलईडी स्ट्रिट लाइट जडानको ठेक्का दिएको थियो। तर अनुसन्धानका क्रममा फर्जी बिलमार्फत कमसल लाइट खरिद तथा जडान गरिएको, काम नगरेका स्थानमा समेत कार्य सम्पन्न प्रतिवेदन तयार पारिएको, र बजार मूल्यभन्दा अत्यधिक मूल्य राखी लागत अनुमान गरिएको पुष्टि भएको आयोगले जनाएको छ ।
अख्तियारका अनुसार, ठेकेदार र नगरपालिका पदाधिकारीबिचको बदनियतपूर्ण मिलेमतोका कारण करिब रु. २५ लाख ४ हजार ५३० बराबरको सार्वजनिक सम्पत्तिमा हानी पुगेको छ ।
यसमध्ये ३ लाख ९२ हजार २०० रुपैयाँ प्रत्यक्षरूपमा गरिएका कामको मूल्याङ्कनविना भुक्तानी भएको र बाँकी रु. २१ लाख १२ हजार ३३० लागत अनुमानको आधारमा बजार मूल्यभन्दा अस्वभाविक मूल्य राखेर भुक्तानी गरिएको हो ।
आयोगले संलग्न व्यक्तिहरूविरुद्ध सार्वजनिक पद दुरुपयोग गरी गैरकानुनी लाभ लिएको, भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसूरमा संलग्न भएको आरोपमा कारवाहीको मागसहित आरोपपत्र दायर गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण