गरिमा विकास बैंकको स्याङ्जामा दुई नयाँ शाखा सञ्चालनमा
बुधबार, ३१ वैशाख २०८२, १८ : २५

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले बुधबारका दिन स्याङ्जा जिल्लाको बिरुवा र अर्जुनचौपारीमा २ नयाँ शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको छ ।
बिरुवा शाखाको उद्घाटन बिरुवा गाउँपालिका अध्यक्ष सूर्य बहादुर कुँवर र बैंकका अध्यक्ष दिलीप प्रताप खाँडले संयुक्त रूपमा गरेका हुन् । त्यसैगरी, अर्जुनचौपारी शाखाको उद्घाटन अर्जुनचौपारी गाउँपालिका उपाध्यक्ष सपना गुरुङ र अध्यक्ष खाँडले संयुक्त रूपमा गरेका हुन् ।
उद्घाटन कार्यक्रमहरूमा गाउँपालिका प्रतिनिधिहरू, उद्योग वाणिज्य संघका प्रतिनिधिहरू, स्थानीय व्यापारी, बुद्धिजीवी लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण