शुक्रबार, ०२ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एसी मिलानलाई हराउँदै बोलाग्नाले उचाल्यो कोपा इटालियाको उपाधि

बिहीबार, ०१ जेठ २०८२, ०६ : ०२
बिहीबार, ०१ जेठ २०८२

काठमाडौं । बोलोग्नाले एसी मिलानलाई हराउँदै कोपा इटालियाको उपाधि जितेको छ । एसी मिलानलाई घरेलु मैदानमा १-० ले पछार्दै बोलोग्नाले ट्रफी उचालेको हो । उसका लागि कोपा इटालिया १९७४ पछि कै पहिलो सबभन्दा ठूलो ट्रफी हो ।  

रोमस्थित स्टेडियो ओलम्पिकमा डेन एनडोयले एक मात्र गोल गर्दै टोलीलाई च्याम्पियन बनाए । यो जितले बोलोग्नालाई आगमी सिजनका लागि यूरोपा लिगमा समेत स्थान सुरक्षित गरेको छ । मिलानले २००३ देखि कप जितेको छैन भने यूरोपीयन लिगमा समेत स्थान पक्का हुने नहुनेबारे निश्चय छैन ।

स्कटल्याण्डका मध्यपंक्ति लुई फग्र्युसनले कप्तानी सम्हालेको बोलोग्नालाई ट्रफी दिलाएपछि खुशी व्यक्त गरे । तर, उनले गरेको प्रहार भने सफल हुन सकेन । अन्ततः यो फाइनलमा स्विजरल्याण्डका अन्तर्राष्ट्रिय खेलाडी एनडोय हिरो रहे । बोलोग्नाले ५१ साल पहिले यो ट्रफी उचालेकामा त्यसपछि कुनै पनि ठूलो उपाधि वा पदक जित्न सकेको थिएन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप