आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय

गण्डकीको बर्खे अधिवेशन जेठ ११ देखि

बिहीबार, ०१ जेठ २०८२, ०६ : १९
बिहीबार, ०१ जेठ २०८२

पोखरा । गण्डकी प्रदेशसभाको बर्खे अधिवेशन जेठ ११ देखि सुरु हुने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले  निर्णय सार्वजनिक गदै बर्खे अधिवेशनको तयारीमा सरकार जुटिसकेको प्रवक्ता डा. टकराज गुरुङले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष जेठ ११ गते दिउँसो २ बजे अधिवेशन बोलाउन सिफारिस गरेको हो । 

सरकारले आगामी नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गर्नका लागि बर्खे अधिवेशन बोलाउन सिफारिस गरेको जनाइएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप