विकासकाे गतिमा यसरी अघि बढ्दैछ पालुङटार

समाचार सारांश
- गोरखाको पालुङटार नगरपालिकामा विवश चिन्तनको नेतृत्वमा विकासले गति लिएको छ। उनले शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणलाई प्राथमिकता दिएका छन्।
- नगरपालिकाले दूध र मासुमा आत्मनिर्भरता हासिल गरेको छ, कोल्डस्टोर निर्माण सम्पन्न भएको छ र वैदेशिक रोजगारबाट फर्किएका युवालाई आत्मनिर्भर बनाउने अभियान सञ्चालन गरिएको छ।
- पालुङटारमा सडक स्तरोन्नति भइरहेको छ, आँपिपल अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ र चारवटा विद्यालयमा स्कुल बस सञ्चालनमा आएको छ।
- सहकारी संकटका कारण १० वटा सहकारी खारेज गरिएका छन् र शिक्षाको गुणस्तर सुधारका लागि अध्ययन कार्यदल गठन गरिएको छ।
गोरखा । पछिल्लो समय गोरखाको पालुङटार नगरपालिकामा विकासले गति लिएको छ । विवश चिन्तन नेतृत्वले पालुङटारलाई विकासको गतिमा अघि बढाइरहेको हो ।
२०७४ सालको निर्वाचनमा पराजय भएका उनले २०७९ को स्थानीय तह निर्वाचनमा विजयी हासिल गर्दै पालुङटारलाई प्रगतिपथमा अघि बढिरहेका हुन् ।
उनी नगरपालिकाको नेतृत्वमा आएपछि पालुङटारबासीका समस्यालाई बुझेर सोही अनुरुप कार्य अघि बढाए । १० वटा वडा कार्यालय रहेको पालुङटारका धेरै सडकको डिपिआर भएको तर बजेट नपुग्ने सम्भावना देखेका उनले त्यसलाई केन्द्रमा राखेर अघि बढिरहेका छन् ।
तीन वर्षको अवधिमा के-के भए काम ?
विवस चिन्तन नगर प्रमुखमा निर्वाचित भएको तीन वर्ष पुगेको छ । उनी नगरबासीका मागलाई केन्द्रमा राखेर अघि बढिरहेका छन् । नगरलाई समृद्धिको पथमा डोर्याउने लक्ष्यका साथ अघि बढिरहेका उनले शिक्षा,स्वास्थ्य,पूर्वाधार निर्माणलाई प्राथमिकता दिएका छन् ।
नगरपालिकामा दूध र मासुमा आत्मनिर्भरता हासिल गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा दैनिक रूपमा करिब १३०० लिटर दूध निर्यात भइरहेको छ । नगरपालिकामा ३५० मेट्रिक टन क्षमताको कोल्डस्टोर निर्माण सम्पन्न भई सञ्चालनको तयारीमा रहेको छ भने १६० मेट्रिक टन क्षमताको अर्को कोल्डस्टोर निर्माणको अन्तिम चरणमा पुगेको छ ।
वैदेशिक रोजगारबाट फर्किएका युवालाई पालुङटारमै आत्मनिर्भर बनाउने लक्ष्यसहित सुरक्षित र मर्यादित पुनः स्थापना कसरी गर्ने भन्ने विषयमा अभियान सञ्चालन गरिएको छ, जुन सुरक्षित आप्रवासन कार्यक्रममार्फत लागु गरिएको हो ।
पालुङटारमा हाल ६२० किलोमिटर सडक रहेको छ । कच्ची सडकहरूमा संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा ढलान, पिच र स्तरोन्नतिको काम भइरहेको छ ।
प्रदेश सरकारले आँपिपल अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरेपछि सो अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ र हाल प्रदेश सरकारको व्यवस्थापनमा सञ्चालन गरिरहेको छ ।
चार वटा सामुदायिक विद्यालयमा स्कुल बस सञ्चालनमा ल्याइएको छ । स्मार्ट तथा नमुना विद्यालयमा स्टाफ नर्सको व्यवस्था गरिएको छ । वडा नम्बर २ र ३ मा सहरी स्वास्थ्य केन्द्र स्थापना गरेर नगरवासीलाई स्थानीय स्वास्थ्य सेवा पहुँचमा पुर्याउने प्रयास गरिएको छ ।
नगरप्रमुखकाे पहलमा ‘प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रम’ र नगर उपप्रमुखको संयोजनमा ‘अभिभावकविहीन तथा अति विपन्न विद्यार्थी सहायता कार्यक्रम’ सञ्चालन गरिएको छ । जसअन्तर्गत हालसम्म १२१ जना विद्यार्थी लाभान्वित भएका छन् ।
नगरस्तरीय महिला सञ्जालमार्फत महिलाहरूलाई उद्यमशील बनाउन विभिन्न सीपमूलक तालिमहरू (टुना टपरी बनाउने, साबुन बनाउने, महिला नौमती बाजा सञ्चालन, अटो सवारी) गायतका कार्यक्रम सञ्चालन गरिएका छन् ।
हालै देशभर चर्चामा रहेको सहकारी संकटसँगै पालुङटार नगरपालिकामा दर्ता भई सञ्चालनमा रहेका ५८ मध्ये १० वटा सहकारीको दर्ता खारेज गरिएको छ । विभिन्न सहकारीमा ठुलो रकम हिनामिना भएको गुनासो र सूचना प्राप्त भएपछि नगरपालिकाले सहकारी अध्ययन समिति गठन गरेर उक्त समिति सक्रिय रूपमा अनुसन्धान कार्यमा जुटिरहेको छ ।
शिक्षामा ठुलो लगानी भएपनि अपेक्षित नतिजा नआएपछि नगर शिक्षा समितिको सिफारिसमा अध्ययन कार्यदल गठन गरिएको छ । सो कार्यदलको प्रतिवेदनका आधारमा विभिन्न विद्यालयहरूको गाभ्ने तथा दरबन्दी मिलानको कार्य अघि बढाइएको छ । यसबाट आगामी दिनमा विद्यालय शिक्षाको गुणस्तरमा सुधार आउने नगरपालिकाले विश्वास लिएको छ ।
नगरपालिकामा हालसम्म २ हजार २ सयभन्दा बढी किसान सूचीकृत भइसकेका छन् भने किसानहरूको यकिन तथ्याङ्क संकलनको कार्य भइरहेको छ । यसले वास्तविक किसानको पहिचान गर्न सहज हुने र अनुदान प्रणालीलाई पारदर्शी बनाउने नगरपालिकाले अपेक्षा गरेको छ ।
सामाजिक सुरक्षा भत्ता प्रत्येक टोलमै पुग्ने व्यवस्था मिलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुसन्धानमा तानिएका डा.वैकुण्ठ अर्यालसहित २३ जनालाई चलाइएन मुद्दा
-
लिभ–इनमा बसेकी प्रेमिका गर्भवती भएपछि हत्या, भारतमा नेपाली नागरिक पक्राउ
-
काठमाडौँ विश्वविद्यालयले निजी कलेजलाई सम्बन्धन दिँदै
-
प्रतिनिधिसभा बैठक ३ : १५ बजे बस्ने गरी सूचना टाँसेर स्थगित
-
झापाबाट फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह (तस्बिरसहित)
-
बेनी–जोमसोम–कोरला सडकखण्डको ८४ प्रतिशत भौतिक प्रगति