पार्टी प्यालेसको स्विमिङ पुलमा डुबेर मृत्यु
शनिबार, ०३ जेठ २०८२, २० : ०३

धनुषा । धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१ मुसहरी टोलस्थित रघुपति पार्टी प्यालेसको स्विमिङ पुलमा डुबेर एक जना बालकको मृत्यु भएको छ ।
सोही ठाउँ बस्ने राम कुमार पासवानको छोरा ४ वर्षीय रंजीत कुमार पासवानको शुक्रबार साँझ मृत्यु भएको हो । डुबेर अशक्त भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।
यता रौतहटको चन्द्रपुर नगरपालिका-१ नुनथर बाग्मती खोलामा डुबेर भारत बिहार सितामढी बस्ने २८ वर्षीय हिमान्चु कुमारको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा शुक्रबार दिउँसो डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र प्रहरी चौकी पौराहीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा शनिबार बिहान उनको शव फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलेसियामा जसपा नेपालद्वारा नेपाली समाज मलेसिया गठन
-
एमाले नेता कार्यकर्ताको झोलामा के छ ? शंकरले दिए यस्तो जवाफ
-
लोसपाका महासचिव मिश्रलाई प्रवक्ताको पनि जिम्मेवारी
-
पाकिस्तान भारतसँग विना सर्त शान्ति चाहन्छ : बिलावल भुट्टो
-
वित्तीय अनुशासनलाई कडाइका साथ पालना गरिन्छ : अर्थमन्त्री पौडेल
-
दुर्गा प्रसाईंसहित ३९ जना प्रतिवादीको बयान पुरा, आजबाट थुनछेक