पार्टी प्यालेसको स्विमिङ पुलमा डुबेर मृत्यु
शनिबार, ०३ जेठ २०८२, २० : ०३
धनुषा । धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१ मुसहरी टोलस्थित रघुपति पार्टी प्यालेसको स्विमिङ पुलमा डुबेर एक जना बालकको मृत्यु भएको छ ।
सोही ठाउँ बस्ने राम कुमार पासवानको छोरा ४ वर्षीय रंजीत कुमार पासवानको शुक्रबार साँझ मृत्यु भएको हो । डुबेर अशक्त भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।
यता रौतहटको चन्द्रपुर नगरपालिका-१ नुनथर बाग्मती खोलामा डुबेर भारत बिहार सितामढी बस्ने २८ वर्षीय हिमान्चु कुमारको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा शुक्रबार दिउँसो डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र प्रहरी चौकी पौराहीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा शनिबार बिहान उनको शव फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण