राष्ट्रिय सहमतिको सरकार आवश्यक देखियो : गौतम

काठमाडौँ । नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले राष्ट्रिय सहमतिको सरकार निर्माणको आवश्यकता बढ्दै गएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद गौतमले जनतालाई आशावादी बनाउन राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएका हुन् ।
निश्चित दूरीसम्म राष्ट्रिय सहमतिको सरकार बनाएर अघि बढ्न सकेमात्रै अहिले देखिएका यावत समस्या समाधान गर्न सकिने गौतमले बताए । ‘सरकार सरकारजस्तो भएर चलेको छैन । संसद् संसद्जस्तो भाइब्रेन्ट छैन । न्यायपालिकाबाट जनताले निष्पक्ष न्याय पाउन नसकिएको गुनासो गरिरहेका छन्,’ सांसद गौतमले भने, ‘तसर्थ अहिलेका समस्यालाई समाधान गर्न र मुलुकलाई अग्र गतिमा लैजान राष्ट्रिय सहमतिको आवश्यकता छ ।
संघ र प्रदेशमा गरेर ८ सरकार र ८ संसद् भए पनि ती सँग जनता आशावादी नभएकाले उनीहरूलाई आशावादी बनाउने कार्यक्रम ल्याउने सहमतिको आवश्यकता रहेको गौतमको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वदेशी वस्तु प्रयोग गर्न सार्वजनिक निकायलाई पत्राचार, धेरै प्रयोग गर्नेलाई पुरस्कार
-
महिलालाई उद्यमसँग जोड्न बाख्रा उपहार
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
देशमा पश्चिमी, स्थानीय र मनसुनी वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
-
सूर्यनारायणको बार आज कुन राशिलाई कति लाभ ?
-
आजको लागि विदेशी मुद्राको विनिमयदर