कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडक एकतर्फी सञ्चालनमा

धरान । अविरल वर्षाका कारण लेउती खोलामा आएको बाढीले कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडकखण्डको एक भाग बगाएपछि अवरुद्ध भएको सो सडक आज साँझदेखि एकतर्फी सञ्चालनमा आएको छ ।
साँगुरीगढी गाउँपालिका–६ स्थित फेदी मूलघाटमा खोलाले सडक बगाएपछि राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको हो । अस्थायी डाइभर्सन गरेर आज साँझदेखि एकतर्फी सवारी सञ्चालन गरिएको कोशीे प्रदेश प्रहरी कार्यालयका प्रवक्ता भीमबहादुर दाहालले जानकारी दिए ।
सडक अवरुद्ध हुँदा धरानतर्फ आउने र धनुकुटातर्फ जाने सवारीसाधन बाटोमा अलपत्र परेका थिए । ती सवारीसाधनका यात्रीलाई नेपाल प्रहरी तथा नेपाली सेनाको सहयोगमा वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाइएको थियो ।
सडक अवरुद्ध हुँदा कोशी राजमार्ग र तमोर करिडोर भएर पूर्वी तराईको धरानबाट भेडेटार, धनकुटा हुँदै भोजपुर, सङ्खुवासभा, ताप्लेजुङ र पाँचथर जाने सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा एमालेले बोलायो संसदीय दलको बैठक
-
श्रमदानमा ओडारे–भण्डारे सिँचाइ कुलो निर्माण
-
यातायात बन्द हुँदा यस्तो देखियो काठमाडौँ, तस्बिरहरू
-
फ्रान्समा पीएसजीको जितको उत्सवका क्रममा २ जनाको मृत्यु, ५०० जना पक्राउ
-
दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण तीव्र
-
शिलान्यासको छ वर्षपछि बल्ल नमुना सदरमुकाम निर्माण थालियो