सोमबार, १९ जेठ २०८२
ताजा लोकप्रिय

३ करोडको लगानीमा स्पोर्ट जोन बन्दै

शनिबार, १७ जेठ २०८२, २१ : ५६
शनिबार, १७ जेठ २०८२

विराटनगर। विराटनगरमा ३ करोडको लगानीमा विराट स्पोर्ट जोन खेलकुद एकेडेमी निर्माण हुने भएको छ । क्रिकेट एकेडेमी, फुटसल, गोकार्ड र स्केटिङलगायतका धेरै खेल सिकाउने उद्देश्यले उक्त एकेडेमी निर्माण हुन लागेको हो । 

विराटनगर ३ दुधफारमबाट ४ सय मिटर पूर्वमा ५१ हजार स्क्वायर फिटमा रहने गरी ३० कठ्ठामा उक्त एकेडेमी निर्माण हुन लागेको विराट स्पोर्ट जोनका अध्यक्ष हरि बजगाईले बताए । उक्त एकेडेमीको शनिबार बजगाईंले शिलन्याश गरे । आउने असोजको दशैंबाटै खेल सञ्चालन गर्न सक्ने गरी काम अगाडि बढाउने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप