सोमबार, ०५ जेठ २०८२
ताजा लोकप्रिय

बिहे गरेको ६ महिनामै किन श्रीमानसँग अलग्गै बस्न लागिन् ‘नागिन’ ?

आइतबार, ०४ जेठ २०८२, १७ : ३५
आइतबार, ०४ जेठ २०८२

नयाँ दिल्ली । टीभी अभिनेत्री सुरभि ज्योति र सुमित सुरीबीच खटपटको हल्ला चलेको छ ।

हालै अभिनेत्रीले आफ्नो वैवाहिक जीवनबारे सनसनीपूर्ण खुलासा गरेकी थिइन् । गत वर्ष अक्टोबरमा भएको विवाहलाई लिएर उनी चर्चामा आएकी थिइन् । सुरभि र सुमितले उत्तराखण्डस्थित जिम कर्बेटको आहाना रिसोर्टमा विवाह गरेका थिए । विवाहपछि दम्पती एउटै घरमा बसे पनि उनीहरूको कोठा भने छुट्टाछुट्टै थियो । 

पिंकभिल्लालाई दिएको एक अन्तरर्वार्तामा ज्योतिले सुमितसँगको आफ्नो वैवाहिक जीवनबारे खुलेर कुरा गरिन् । कोठा छुट्टाछुट्टै बनाउने निर्णय आफूहरू दुवैले मिलेर लिएको उनले त्यस क्रममा बताएकी थिइन् । ‘उनी घरबाट काम गर्थे, अनि म पनि सुटिङ नभएको वेला घरबाटै काम गर्छु । बाहिर जान हाम्रो खासै काम हुन्नथ्यो, घरमै हामी धेरै खुसीका साथ रहन्छौँ । हाम्रो घरमा हामीले आफ्नो रोजाइअनुसार फरक–फरक कोठा राखेका छौं,' उनले भनिन्, 'किनभने उनले आफ्नो जीवनको अधिकांश समय एक्लै बिताएका छन् । मेरो पनि त्यस्तै थियो । यस्तो दुर्लभै होला । तर यस्तो पनि हुन्छ ।’ 

कोठा छुट्टाछुट्टै हुँदा वैवाहिक जीवनमा एकअर्कालाई ‘स्पेस’ मिल्ने उनले बताइन् । ‘मेरो आफ्नै दराज, बाथरुम, आफ्नै स्पेस छ । कहिलेकाहीँ यस्तो हुन्छ, ऊ आफ्नो कोठामा हुन्छ र म मेरो कोठामा,’ उनले अन्तर्वार्तामा भनिन् ।

तर अझै पनि आफूहरू भने सँगै रहेको उनले बताइन् । 'हामीबिच समान सोच भएकाले यस्तो भयो । एकअर्कालाई स्पेस दिने यो एक मात्र तरिका हो भनेर मैले भनिरहेको छैन,’ उनले थपिन् । 

‘हांजी– द म्यारिज मन्त्र’ नामक म्युजिक भिडियोमा काम गर्दा सुरभि र सुमित नजिकिएका थिए । सुरभिले ‘कुबुल है’, ‘नागिन’, ‘इश्कबाज’, ‘तनहाइयां’, ‘कोई लौट के आया है’, ‘नागिन ३’ जस्ता चर्चित शोबाट टेलिभिजनमा आफ्नो बलियो प्रभाव जमाइसकेकी छन् । उनले ‘इक कुडी पंजाब दी’, ‘रौला पाई गया’ र ‘मुंडे पटियाला दे’ जस्ता पञ्जाबी फिल्महरूमा पनि काम गरिसकेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप